info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

३ भाद्र २०८३, बुधबार

सुबाश राई काे गजल

गजल

गरिविकाे चपेटाले यहाँ, छट्पटिन्दै छन् कति यहाँ।
समृद्धिकाे लागि रगतमा, लट्पटिन्दै छन् कति यहाँ।।

बिकृतिकाे बादलले अाधा, अाकाश ढाकि सक्दा पनि।
छाेड्या छैन अझै समृद्धि भन्दै, भट्भटिन्दै छन् कति यहाँ।।

लेख, बेँसि, तराई, पहाड, अध्याराे छ महंगिले हाेला सायद।
गरिव निमुखा भाेकमरिले, कुनामा तट्पिन्दै छन कति यहाँ।।

दशै तिहार सधै अाउछ हाेला, समृद्ध र सुख सयलमा।
गरिवकाे त्यहि दशै कै रिणले, खट्पटिन्दै छन कति यहाँ।।

सितलकाे छहारिमा कुरा गर्छन, बिकाश र समृद्धिकाे।
घरकाे छानाे चुहिएर हिलाेमा, लट्पटिन्दै कति यहाँ।।

युबराज राई (सुबाश)
दिप्रुङ्ग चुईचुम्मा ४ बतासे खाेटाङ्ग

Translate »