हाम्रो बारे
समाज एकल प्रयासमा त कदापि परिवर्तन नहुने र समाज निर्माणमा संयुक्त आवाज तथा आहवान चाहिन्छ भन्ने विश्वासमा हातेमालो गर्दै आज यो स्थानमा आउन सफल संस्था हो, संयुक्त आवाज परिवर्तन समाज, एउटै समाजमा बस्दा सबै हासी-खुसी बाँचीरहदा कसैलाई दुख र पिडामा बाच्नु पर्ने बाध्यता किन छ त? के हामी दुखी, पीडितलाई सहयोग गर्न सक्षम छैनौ ? उनीहरुलाई जीवनमा अघि बढ्न प्रेरित गर्न सक्दैनौ ? हो, एक्लै केहि प्रभाव नहोला तर संयुक्त आवाजमा जुन शक्ति छ, त्यो शक्तिले उनीहरुको जीवन परिवर्तन गर्न सहयोग गर्छ। त्यो बल, त्यो आवाजको संयुक्त अवाज परिवर्तन समाज जसले नेपालभरिका दीन-दुखी, असहाय, पीडित तथा बिरामीहरुलाई सहयोग पुराउने अठोट लिएको छ।
For a Better Life
विषेशता:
एकपटक सदस्यता प्राप्त गरेपछि फेरी नवीकरण गरिराख्नु नपर्ने यस संस्थाले सहयोग अपेक्षा गर्नुहुनेको पृष्ठभूमि अध्ययन, स्थिति अवलोकन, डाक्टरद्वारा सिफारिस गरिएको रकम बुझी मात्र सहयोगको थालनी गरिन्छ। हाम्रो उदेश्य नेपाल तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीहरुबाट सहयोग जुटाई स्व रकम बैंकमा राखी आएको ब्याज सहित खाँचोमा परेकालाई पारदर्शी सेवा गर्नु हो। पछि गएर आफैलाई केहि समस्या नपर्ला भन्न सकिन्न, आजै बाट खाँचोमा परेकालाई सहयोग गर्ने बानि बसाल्दा कतैपनि कसैलाई एक्लो महसुस गर्नुपर्ने थिएन। हामीले नेपाल सरकारलाई पनि हाम्रो यस अभियानमा जोडिन आग्रह गर्दै आएका छौं। हामी दिर्घकालिन, निरन्तरता, समानता साथै ईमान्दार भावनाका साथ् अघि बढेका छौं। आशा छ, आउने दिनहरुमा हामीसंग कयौं पाईला जोडिनेछन्।
संयुक्त आवाज परिवर्तन समाज “सस्थां” २०७५-०९-१८ गते दर्ता प्रकृया पुरा गरि सरकार द्धारा मान्यता प्राप्त गरिसकेको एउटा गैर नाफामुखि सेवामुलक (संस्था) हो । हाम्रो मूल उदेश्य रहेको छ। एक पटक दान गरे बापत पटकपटक सेवा गर्न सकौ यानिकी आफु मरेर गए पनि हाम्रो सेवा निरन्तर रही रहोस। तपाइले बर्षमा ५० पटक सामाजिक सेवामा सहयोग गर्नुहोस तर तपाईंको त्यो सेवा सहयोग तपाई आफ्नै पुस्ता सम्म पनि टिकाउन सकिदैन । जब सम्म हाम्रो हात सामाजिक सेवामा लम्किन्छ तव सम्म संसारले तपाईलाई चिन्दछन । जब तपाइको हात सामाजिक सेवामा पुग्न सक्दैन तपाईले बर्षौ गर्नु भएको सामाजिक हितको कार्य हरु दुइदिन मै खरानी भएर जानेछ । आफु मरेर गए पनि तपाइँ आफ्नो सामाजिक कार्या समुदाया माझ आनन्ताकल सम्म जीवित राख्न तथा रहोस भन्ने सोच, इच्छा छ भने आउनुहोस संयुक्त आवाज परिवर्तन समाज “सस्थां” मा सहभागी जनाई हातेमालो गरौ ।
हिजो-आज सबैलाई सार्वाविदित छ धेरै जसो अनलाइन सामाजिक संजाल फेसबुक, युट्युव, टुइटर, इन्स्टाग्राम मार्फत सहयोगको यचना विभिन्न पिडित बिरामी तथा आर्थिक अवस्था कमजोर भएकै कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको पनि छ। आर्थिक अभावकका कारण अकालमै जिवन गुमाउनु परेके छ । आर्थिक नभएर बाँच्न नसकिने अवस्था कसैलाई पनि नआवोस भनेर त्यस्ता बिरामीहरुलाई सहयोग गर्न; समाजका अनाथ, अपांग, कम्जोर, गरिब, दिर्घरोगी र असहाय व्यक्तिहरुलाई सहयोग आदनप्रदान साथै देशमा भैपरी आएको प्राकृतिक दैवीक प्रकोप पिडित हरुलाई सक्दो सहयोग गर्ने उदेश्यका साथ यस संयुक्त आवाज परिवर्तन समाज, सेवामुखी संस्था तथा कम्पनी निर्माण गरि सदस्यता कायफ गर्दै सदस्यता शुल्क बाट कोषको स्थापना गर्दै आइरहेको छौ । उक्त कोषमा सदस्यता ग्रहण गरि आफुले जे जति अनि जस्तो किसिमले सहयोग गर्न सक्नुहुन्छ, त्यस्तो किसिमले सहयोग गर्न चाहने, हातेमालो गर्न चाहने र समाजसेवाको भावना हुने इच्छुक जो कोहि सदस्य बन्न सक्नुहुनेछ। आफुले सकेको आर्थिक, नैतिक, भौतिक, सहयोग वा स्वयमसेवक भएर सहयोग गर्न सक्नुहुनेछ । पवित्र मनका धनि समाजसेवी सहयोगी सम्पूर्णलाई हृदयदेखि नै स्वागत गर्दछौं। यदि इच्छुक हुनुहुन्छ भने संयुक्त आवाज परिवर्तन समाज पेजको एड्मिन तथा संस्थाका सदस्य संग सम्पर्क गर्न सक्नुहुनेछ | तपाईंको सानो सहयोगले भोलिको दिनमा कसैले नवजीवन प्राप्त गर्न सक्छ । तपाइंले गर्नु भएको धर्म, दानले कमाउनु भएको पुण्य कर्मले तपाँइ र तपाँइको परिवारमा दुवा लाग्नेछ ।
समाजका दीनदुखी गरिवको सेवा गर्ने ध्येय सहित संचालन गरिएको यस पवित्र अभियानमा संयुक्त आवाज परिवर्तन समाज (SAPS) ले मनोरञ्जनको साथसाथै विभिन्न सामाजिक चेतना र सेवा मुलक गतिविधि अनि सहयोग अभियानमा हातेमालो गर्दै अघि बढिरहेको सार्वादिदितै छ । विभिन्न देशमा कार्यरत पवित्र मनका धनि समाजसेवी, बुद्धिजीवी व्यक्तित्व नेपाली दाजुभार्इ दिदीबहिनीहरुको अगुवाईमा संन्चालित संयुक्त आवाज परिवर्तन समाज (SAPS) ले अनलाइन सहयोग देखि लिएर,गरिव दुखि, दैविक विपत, अनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा पिडितहरुको उद्दारका लागी हातेमालो गरि अघि बढिरहेका छौँ । संस्थाका सदस्य लगायत ग्रुप / पेजमा समेटिनु भएका नजिक बाट साथ सहयोग सल्लाह सुझाव गरि माया गर्नुहुने महानुभाव हरु लाइ पनि सदस्यता प्रदान गर्दै अघि बढ्ने योजनाका साथ २०७४ सालमा सामाजिक संजाल फेसबुक पेज संयुक्त आवाज परिवर्तन समाज (SAPS) निर्माण गरि विभिन्न उदाहरणिय कार्यहरुमा सबै सहयोगि भावानाहरु मिलि यसरि नै समाज बिकाश मुलक कार्यहरु गर्दै जाने हो भने एक दिन संयुक्त आवाज परिवर्तन समाज (SAPS) ले धेरै उदाहरणिय तथा देश विकासका सृजन सिल कामहरु गर्न सक्नेमा विस्वास्तका साथ यहाँहरूको साथ समर्थन पूर्ण आशा अनि विश्वासका साथ हार्दिक अपिलका गर्दछौं |