साह्रा संसार छरिएर बस्नु भएका विभिन्न सामाजिक संजाल मार्फत जोडिनु भएका नेपाली दाजुभाई दिदीबहिनी एवं अनन्या आत्मिय मित्र आफन्तजन नरनाता सम्पुर्णमा दर्शन, नमस्कार

संयुक्त आवाज परिवर्तन समाज (संयुक्त अभियान) सक्षिप्त परिचयमा
सम्पूर्णलाई हार्दिक स्वागत छ ।
विषेशत: संयुक्त आवाज परिवर्तन समाज “सस्थां” एउटा सेवामुखी फेसबुक पेज (संस्था) हो । हाम्रो मूल उदेश्य रहेको छ। एक पटक दान गरे बापत पटकपटक सेवा गर्न सकौ यानिकी आफु मरेर गए पनि हाम्रो सेवा निरन्तर रही रहोस। तपाइले बर्षमा ५० पटक सामाजिक सेवामा सहयोग गर्नुहोस तर तपाईंको त्यो सेवा सहयोग तपाई आफ्नै पुस्ता सम्म पनि टिकाउन सकिदैन । जब सम्म हाम्रो हात सामाजिक सेवामा लम्किन्छ तव सम्म संसारले तपाईलाई चिन्दछन । जब तपाइको हात सामाजिक सेवामा पुग्न सक्दैन तपाईले बर्षौ गर्नु भएको सामाजिक हितको कार्य हरु दुइदिन मै खरानी भएर जानेछ । आफु मरेर गए पनि तपाइँ आफ्नो सामाजिक कार्या समुदाया माझ आनन्ताकल सम्म जीवित राख्न तथा रहोस भन्ने सोच, इच्छा छ भने आउनुहोस संयुक्त आवाज परिवर्तन समाज “सस्थां” मा सहभागी जनाई हातेमालो गरौ ।

हिजो-आज सबैलाई सार्वाविदित छ धेरै जसो अनलाइन सामाजिक संजाल फेसबुक मार्फत सहयोगको यचना विभिन्न पिडित बिरामी तथा आर्थिक अवस्था कमजोर भएकै कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको पनि छ। आर्थिक अभावकका कारण अकालमै जिवन गुमाउनु परेके छ । आर्थिक नभएर बाँच्न नसकिने अवस्था कसैलाई पनि नआवोस भनेर त्यस्ता बिरामीहरुलाई सहयोग गर्न; समाजका अनाथ, अपांग, कम्जोर, गरिब, दिर्घरोगी र असहाय व्यक्तिहरुलाई सहयोग आदनप्रदान साथै देशमा भैपरी आएको प्राकृतिक दैवीक प्रकोप पिडित हरुलाई सक्दो सहयोग गर्ने उदेश्यका साथ यस संयुक्त आवाज परिवर्तन समाज, सेवामुखी संस्था तथा कम्पनी निर्माण गरि सदस्यता कायफ गर्दै सदस्यता शुल्क बाट कोषको स्थापना गर्दै आइरहेको छौ । उक्त कोषमा सदस्यता ग्रहण गरि आफुले जे जति अनि जस्तो किसिमले सहयोग गर्न सक्नुहुन्छ, त्यस्तो किसिमले सहयोग गर्न चाहने, हातेमालो गर्न चाहने र समाजसेवाको भावना हुने इच्छुक जो कोहि सदस्य बन्न सक्नुहुनेछ। आफुले सकेको आर्थिक, नैतिक, भौतिक, सहयोग वा स्वयमसेवक भएर सहयोग गर्न सक्नुहुनेछ । पवित्र मनका धनि समाजसेवी सहयोगी सम्पूर्णलाई हृदयदेखि नै स्वागत गर्दछौं। यदि इच्छुक हुनुहुन्छ भने संयुक्त आवाज परिवर्तन समाज पेजको एड्मिन तथा संस्थाका सदस्य संग सम्पर्क गर्न सक्नुहुनेछ | तपाईंको सानो सहयोगले भोलिको दिनमा कसैले नवजीवन प्राप्त गर्न सक्छ । तपाइंले गर्नु भएको धर्म, दानले कमाउनु भएको पुण्य कर्मले तपाँइ र तपाँइको परिवारमा दुवा लाग्नेछ ।
समाजका दीनदुखी गरिवको सेवा गर्ने ध्येय सहित संचालन गरिएको यस पवित्र अभियानमा संयुक्त आवाज परिवर्तन समाज (SAPS) ले मनोरञ्जनको साथसाथै विभिन्न सामाजिक चेतना र सेवा मुलक गतिविधि अनि सहयोग अभियानमा हातेमालो गर्दै अघि बढिरहेको सार्वादिदितै छ । विभिन्न देशमा कार्यरत पवित्र मनका धनि समाजसेवी, बुद्धिजीवी व्यक्तित्व नेपाली दाजुभार्इ दिदीबहिनीहरुको अगुवाईमा संन्चालित संयुक्त आवाज परिवर्तन समाज (SAPS) ले अनलाइन सहयोग देखि लिएर , गरिव दुखि, दैविक विपत, अनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा पिडितहरुको उद्दारका लागी हातेमालो गरि अघि बढिरहेका छौँ । संस्थाका सदस्य लगायत ग्रुप / पेजमा समेटिनु भएका नजिक बाट साथ सहयोग सल्लाह सुझाव गरि माया गर्नुहुने महानुभाव हरु लाइ पनि सदस्यता प्रदान गर्दै अघि बढ्ने योजनाका साथ २०७४ मा सामाजिक संजाल फेसबुक पेज संयुक्त आवाज परिवर्तन समाज (SAPS) निर्माण गरि विभिन्न उदाहरणिय कार्यहरुमा सबै सहयोगि भावानाहरु मिलि यसरि नै समाज बिकाश मुलक कार्यहरु गर्दै जाने हो भने एक दिन संयुक्त आवाज परिवर्तन समाज (SAPS) ले धेरै उदाहरणिय तथा देश विकासका सृजन सिल कामहरु गर्न सक्नेमा विस्वास्तका साथ यहाँहरूको साथ समर्थन पूर्ण आशा अनि विश्वासका साथ हार्दिक अपिलका गर्दछौं |
============================================================
संयुक्त आवाज परिवर्तन समाज (संयुक्त अभियान) को प्रस्तावना तथा अवधारणा
============================================================
प्राकृतिक सोन्दर्यले हराभरा बिभिन्न जातजाति सामुदायाको मालाले उनिएको सुन्दर, शान्त, हाम्रो देश नेपाल, हत्या, हिँसा, बलात्कार, चोरी, डकैति, लुटपाट, घुसपैठले सिघांरिएको हाम्रो देशमा अझ हिजो आज सुन्दा पनि आङ नै जीरिङ्ग हुने बिभिन्न प्रकारको प्राणघातक रोगले पनि उनिएको छ ।
यसै विषयाहरुलाई मध्या नजर गर्दै संयुक्त आवाज परिवर्तन समाज ” संयुक्त अभियान” ले संसार भरिका दिलदार महान मनका धनि सहयोगी मनहरुलाई एक जुट बनाउन युवा नेतृत्व अघि बढाउदै सम्पूर्ण सहयोगी हातहरु तथा अभियन्ता ज्यु हरु एक जुट भै अघि बढ्न आग्रह तथा आब्हान गर्दछौ ।
विभिन्न देश विदेशमा कार्यरत महान मनका धनि महादनी समाजसेवी, अभियन्ता , अभियन्ताकर्ता तथा, सहयोगी, हातहरु लम्की रहेकोछ, ति सहयोगी मन र हातहरु आनन्तकालसम्म कायम राख्नको लागि तपाइँ हामि हातेमालो गरेर अघि बढ्न सकेमा पक्कै ति मन हरुलाई कायम राख्न सकिनेछ ।
सहयोगी हातहरुले रोगको रोकथाम मात्रै गर्न सकिनेछ । तर रोग निर्मुल पार्न रोगि हरुलाई उपचारले मात्रै सम्भावना हुदैन। रोगीहरुलाई बाच्न सक्छु भन्ने भित्रि क्षेमता विकास गराई रोग संग लड्न सक्ने मनोबल बढाउनको लागि विभिन्न उत्प्रेरणात्मक तथा रचनात्मक माध्यमबाट “बिभिन्न सिपमुलक तथा ज्ञानवर्दक ” कार्यक्रम भित्र्याउदै पिडित परिवार जीवन यापन सहज गराउन सकिने योजनाका साथ समाज रुपान्तरणमा युवाहरुलाई सकारात्मक जिम्मेवार बनाउन तपाइँ हाम्रो आवाजले समृद्ध समाज परिवर्तनको परिकल्पनाको रेखा कोर्दै आफु पनि बाँचौ, अरुलाई पनि बचाऔ भन्ने अभिप्रायका साथ हातमा हात साथमा साथ काँधमा काँध मिलाउदै संगै सहयात्रा गरौँ। हामीलाई आशा, अपेक्षा, भरोशा छ भोलिको दिनमा तपाई हामि लाखौ करडौ जनाको सहयात्रा गर्न सकिने उद्गम थलो बन्ने छ। उद्गम थलो बनाउन तपाई हामि पक्कै पनि पछि पर्नु हुन्न त्यसैले तपाइको सानो आवाज र सानो सहयोग नै पिडित, असहयालाई सेवा सहित परिवावार समृद्ध समाज रुपानातारनको लागि ठुलो टेवा बन्न सक्नेछ ।
हामी सरकारको मात्र आस गरेर हुदैन हामीले सकेको आफै आफ्नो आफ्नो ठाउ बाट सक्रृयता साथ, एक जुट हुनुपर्छ, समृध्द देश बिकासको लागी हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने? हाम्रो सानो सानो प्रयासले धेरै नेपालीहरुको ओठमा हासो छर्न सक्छौँ, समृद्द नेपालको नक्सा कोर्न सक्छौँ। आउनुस्, हातेमालो गरौँ, नेपाल सरकारलाइ देश बिकास को बाटोमा सहयोग गरौ, नयाँ युगमा नयाँ नेपालको निर्माण गरौँ।।
=============
#हाम्रो_नारा
=============
अनवरत सेवा समृद्भ समाज निर्माणमा संयुक्त अह्वान !
सहयोग र सद्भावमा संयुक्त आवाज परिवर्तन समाजको अभियान‼
संयुक्त आवाज परिवर्तन समाजको चाहना !
समृद्भ परिवार समाज रूपान्तरण निर्माणको सपना ‼
=============
हाम्रो उद्देश्यहरु
=============
(क) देश विदेशमा रहनुभएका नेपाली तथा विदेशी दाजुभाई दिदीबहिनीहरु संग मिली सामुहिक कोष खडा गर्ने ।
(ख) सामुहिक कोष बाट प्राप्त लाभांशले दीन दुखी पिडित असाहय, अनाथ वृद्धवृद्धाहरुलाई सहयोग गर्ने ।
(ग) शिक्ष स्वास्थ्य तथा रोजगारीमा सहयोग गर्ने तथा रोजगारी सृजना गर्ने ।
(घ) सांस्कृतिक, धार्मिक, तथा पर्यटकिय महत्वका विषयमा जनचेतना अभिवृद्धि गर्ने ।
(ङ) श्रमिकका रुपमा विदेशमा गएका नेपालीहरुको हकहितको लागि हातेमालो तथा सहयोग गर्ने ।
(च) प्राकृतिक पहिचान लोकदोहोरी, लोकवाजा, लोकगितको संरक्षणको लागि जनचेतनामुलक कार्यव्रmम गर्ने ।
(छ) कृषि, पर्यटन क्षेत्रमा जनचेतना तथा लगानीको लागि आर्थिक सेतुको भुमिका निर्वाह गर्ने ।
(ज) रुढीवादी सामजिक विकृति विरुद्ध जनचेतनामुलक कार्यक्रम गर्ने ।
(झ) संसार भरि छरिएर बस्नु भएका विभिन्न देश विदेशमा कार्यरत समाजसेवी, अभियन्ता, अभियन्ताकर्ता तथा, सहयोगीमन, हातहरु महान मनका धनि महादनी, नेपालि दाजुभाई तथा दिदीबहिनी हरुलाइ सदस्यता बन्न आग्रह गर्दछौ ।
(ञ) संयुक्त आवाज परिवर्तन समाज “संस्थाको” को उदेश्य र नियाम अनुशार सबै किसिमको सदश्यता शुल्क सबैको सुझाव सल्लाह अनुशार सरकारी तथा बित्तिय बैंकमा राखिनेछ ।
(ट) संयुक्त आवाज परिवर्तन समाज “नमस्कार अभियान” सदस्या शुल्क सरकारी तथा वित्तिय बैंकमा राखेर त्यस बाट आएको लाभांशाले दुखि पिदिड गरिव असाहयालाई सहयोग गर्ने ।
(ठ) संयुक्त आवाज परिवर्तन समाज “संयुक्त अभियान” को उदेस्य तथा नियाम अनुरुप सबै किसिमको सदस्याता शुल्क फिर्ता हुने छैन। नगद डिपोजिट राखेर आएको मुनाफाले पनि समाज सेवा गर्न सकिनेछ ।
(ड) नगद डिपोजिट रु १,००,००० (एक लाख) भन्दा माथि हुनु पर्नेछ। डिपोजिट समय एक बर्ष भन्दा माथि हुनु पर्नेछ। तपाइको नगद डिपोजिट समय पुगे फिर्ता लिन सक्नु हुनेछ ।
(ढ) सदस्या शुल्क बाट आएको आर्थिक लाभांशा ४०% दुखि पिडित हरुको उपचारमा सहयोग गर्ने। ६०% गरिव असाहयालाई दैनिकी जिबिको पार्जन सहायताको लागि विभिन्न उद्धमी सिपमुलक तालिम गराई पिछडिएको वर्ग समाजलाई सहयोग पुर्याउने ।
(ण) देश बिदेशमा रहनु भएका निस्वार्थ भावनाका साथ समाजसेवा परोपकारी अभियान चलाउदै दुखि पिडितलाई साहयता दिलाई रहनु हुने अभियन्ता एक भै अघि बढ्न संयुक्त आवाज परिवर्तन समाज आग्रह गर्दछ ।
(त) प्राणघातक क्यान्सर तथा विभिन्न खतरनाक रोगको रोकथाम तथा निराकरणको लागि स्वास्थ्य सम्बन्धि विभिन्न जनचेतनामुलक संदेश छर्ने ।
(थ) समृद्ध परिवावार समाज रुपानातारनको लागि ग्रामिण क्षेत्रमा कृषि तालिम सहित बिभिन्न सिपमुलक घरेलु औधोगिक कलकारखाना उतपादन गरि समाजलाई समयको सहि सदुपयोग गराई समृद्ध परिवार र समाज बनाउने कोशिश गर्ने।
(द) अस्पतालाको सैयामा प्राणघातक रोग बाट ग्रसित पिडीत हरुलाई चिन्ता ग्रस्त बाट मनोबल बढाउन बाच्न सक्छु भन्ने विश्वास दिलाउन बिभिन्न सिपमुलक कार्यक्रमहरु ल्याउने ।
(ध) देश बिदेश आपत बिपत परेका नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको समस्यालाई मध्यनजर गर्दै सक्दो सेयर गरि संबंधित निकाय सम्म पुर्याई सहयोगको अपेक्षा गर्ने ।
(न) कुनै पनि संबेदनसिल खबरहरु तथा सहयोग अपेक्षा आएमा खुल्ला सहयोग अभियान अपेक्षा गर्दै सहयोग पु¥याउने कोशिश गर्ने ।
(प) आत्मिय सद्भाव तथा वौद्धिक विचारका साथ आफु पनि बाचौं अरुलाई बाच्न सिकाऔ भन्ने विभिन्न जनचेतामुलक कार्यक्रम गर्ने ।
(फ) उर्जाशील, सकरात्मक जीवनशैलीको विकास साथै रोग बाट मुक्त हुने प्रेरित युक्त विभिन्न योग, ध्यान, व्यायाम तथा स्वस्थ खानपानको अभ्यास गर्ने गराउने ।
===============
#लगानी_किन_गर्ने
===============
संयुक्त आवाज परिवर्तन समाज “सस्थां” को उदेश्य अनुशार सधै आर्थिक सहयोगको लागि कति हात फैलाई रहनु अब यो प्रविधिलाई अन्त्या गर्दै दिर्घकालिन अभियानको परिकल्पना गरि ” संयुक्त आवाज परिवर्तन समाजको” नियाम र उदेश्य अनुशार सबै किसिमको सदस्यतता शुल्क मुलकोषको रूपमा बैंक खातामा जम्मा गरि त्यहि लगानी बाट आएको मुनाफाले पीडित हरुलाई सहयोग गरिने तथा विभिन्न सिपमुलक उधोगमा लगानी गरि गरिव तथा पिछडिएका बर्गलाई परिवारिक जनजीवनमा सहजता दिलाउने कोसिस गर्ने । सर्प पनि मरोस लाट्ठि पनि नाभाचियोस भन्ने उक्खान जसतै सबै अभियन्ता हरु एक हुन सकेमा प्रति महिना करोडौ रकम जम्मा गर्न सकिनेछ । त्यो रकम बाट आएको मुनाफाले विभिन्न थरिका पिडित, गरिब, असाहय, हरुलाई सहयोग गरि मद्दत पुराउन सकिनेछ ।
=========================================
#यति_धेरै_आर्थिक_संकलन_कसरि_सम्भव_हुन्छ
=========================================
सामाजिक संजाल तथा नेपाल सरकारले दिएको तथ्यांक अनुशार नेपाली युवा शक्ति ८१ लाख माथि विदेशिएको उल्लेख छ । हामीले ८१ लाख युवा शक्तिलाई ४ (चार) भागमा बाडेको छौं ।
प्रति भागमा २० लाख जनसंख्या अर्थात २५% हुन्छ,
२५% पडित मा राखेएको छ ।
२५% सामाजिक कार्य गर्न नरुचाउने
२५% अनावश्यक तर्क गर्ने
२५% ले मात्रै साधारण सदस्यतामा हातेमालो गर्न सकिएमा कार्य सफल हुनेछ
२५% = २० लाख जना
२० लाख X रु १,००० = २,००,००,००,००० (दुर्इ अर्ब रुपैया)
सरकारी बैंक ब्याज दर ३% देखि ३.५% सम्म पाइने छ ।
२,००,००,००,००० X ३% दरले = ६,००,००,००० (छ करोड रूपैंया)
२,००,००,००,००० X ३.५% दरले = ७,००,००,००० (सात करोड रूपैंया)
================
#प्रति_बर्ष_आम्दानी
===============
एक / १ जना = १,००० X १ = १,००० (हजार)
३% ब्याज दरले (३०) तिस रुपैँया
सय / १०० जना = १,००० X १०० = १,००,००० (एक लाख)
३% ब्याज दरले (३,०००) तिन हजार रुपैँया
एक हजार / १,००० जना = १,००० X १,००० = १०,००,००० (दश लाख)
३% ब्याज दरले (३०,०००) तिस हजार रुपैँया
एक लाख / १,००,००० जना = १,००० X १,००,००० = १,००,००,००० (दश करोड)
३% ब्याज दरले (३०,००,०००) तिस लाख रुपैँया
बिस लाख / २०,००,००० जना = १,००० X २०,००,००० = २,००,००,००,००० (दूर्इ अर्ब रूपैंया)
३% ब्याज दरले ६,००,००,००० (छ करोड रूपैंया)
प्रति बर्ष ३% ब्याज दरले ६,००,००,००० (छ करोड रूपैंया) आम्दानी हुनेछ ।
प्रति महिना ३% ब्याज दरले (५०,००,०००) पचास लाख रुपैँया आम्दानी हुनेछ ।
==========================
#यसरि_बचत_गरेर_पाइने_फाइदा
==========================
उदाहरणको लागि कुनै पनि पिडित हरु अभियानता सामु आइपुग्दा तत्काल उदारको लागि अभियानमा रकम बचत भएमा तत्कालको लागि आर्थिक सहयोग प्रदान गर्न सकिन्छ र एकातिर अभियान चल्दै गर्छ अर्कोतिर उपचार प्रोशेस हुँदै गर्दछ । यसरी जादा पिडित हरुले चाडै सेवा लिन सक्नेछन अभियानताले पनि सेवा गरिएको पनि महसुस दुनियाले देख्दा सुन्दा पनि यो महसुस गर्न सकुन कि समाजसेवा गर्न त यसरी पनि सकिदो रहेछ भन्ने लागोस र हामि नेपाली एक कर्मठ र संघर्ष गरेर खान सक्ने मात्रै हैन बिश्व सामु एक उदाहरणिय़ा कार्य गरिएको संदेश पनि दिन सकिने छ ।
त्यसैले संयुक्त आवाज परिवर्तन समाज परिवारले सबै अभियानता तथा महान मनका धनि सहयोगीलाई सराहनिया कार्य प्रति सलाम गर्दै आउनुहोस एकजुट भएर आर्थिक सहयोग संकलन गरौँ। सधै सहयोगको अपिल गर्दै एका दुइलाइ बचाउदै गर्दा भोलिका दिनमा हाम्रो आर्थिक सहयोग क्षेमता भन्दा पिडितहरुको पिडा लाई धेरै नहोला भन्न सकिन्न त्यस बेला हामि सम्पुर्ण अभियन्ता, अभियानकर्ता, सहयोगी मनहरु ट्वाँ परि रमिता हेरी रहदै पिडित हरुको आलोचना सुन्न बाहेक अन्या विकल्प तथा उपाय रहन्न । हाम्रो मूल उदेश्या हो अब सदा दिर्घकालिन अभियान हुन पर्दछ । आज राम बचाउ अभियान भोलि श्याम बचाउ अभियान पर्सि सिता बचाउ अभियान निकोर्सि रिता बचाउ अभियान आवहान गर्दै समापन गर्दै गर्नु भन्दा साह्रा नेपालि बचाउ अभियानमा अभिप्रेरित भए जुटौ । सबै अभियन्ता एकै छाता मुनु बसेर हरेक बर्गको पिडित हरुलाई एकै स्थल बाट सहयोग पुर्याउन सकौ । संयुक्त आवाज परिवर्तन समाज परिवार सबै अभियन्ता सहयोगी हरुलाई यहि आब्हान गर्दछौ । आउनुहोस हातेमालो गरौ ।
================================================================
संयुक्त आवाज परिवर्तन समाज “संस्था” को उदेश्य हजुर हरुलाई राम्रो लाग्छ भने आज बाट नै सदस्य बन्न पनि आग्रह गर्दछौ ।
संस्थापक सदस्य तथा आजीवन शुल्क (रु १२,०००)
सह-सस्थापक सदस्य तथा आजीवन शुल्क (रु ६,०००)
साधारण सदस्या तथा आजीवन शुल्क (रु १,०००)
सहयोग स्वरूप आफ्नो खुशी ५०/१००/५००/१,०००/१,००,०००
माथी उल्लेखित तिन तहको सदस्यहरूलाई सदस्यता प्रमाणपत्र उपलब्ध गराइनेछ
सहयोग स्वरूप सहयोगीलार्इ संयुक्त आवाज परिवर्तन समाज “संस्था” को तर्फ बट प्रसंसा पत्र दिईने छ ।
#नोट:-
क) सबै किसिमको सदस्याता शुल्क रकम फिर्ता हुने छैन ।
ख) जुन सुकै किसिमको सदस्याताले सदस्या शुल्क भन्दा बाहिर तपाई जति पनि डिपोजिट राख्न सक्नु हुने छ ।
ग) तपाइको नगद डिपोजिट बाट आएको लाभांश तपाइको नाम बाट नै परोपकारी सेवामा लगानी गर्नेछौ ।
घ) तपाइको नगद डिपोजिट आवश्याक परेको खण्डमा अवधि पश्चात जुन सुकै समयमा पनि तपाई आफ्नो लगानी फिर्ता लिन सक्नु हुनेछ ।
ङ ) तपाइको नगद डिपोजिट फिर्ताको लागि संयुक्त आवाज परिवर्तन समाज “संस्था” ऋण समितिमा एक महिना अगाडी जानकारी गराउनु पर्ने हुन्छ ।
======================================
(SAPS) पृष्ठ-पेज वा ग्रुप भित्रका समितिले पालना गर्नु पर्ने नियाम तथा आचारसंहिताहरु यसप्रकार छन्….
======================================
(१) प्रत्येक महिनाको अन्तिम हप्ता बिशेष छलफल भेला मिटिङ बसिने छ । (ईन्टरनेट को माध्यम वा अन्य माध्यम)
(२) प्रत्येक सदस्य द्वारा महिनाको पहिलो दिन पारेर संकलित सहयोग रकम समितको छलफले तोकिए बमिजिमको सहयोग हस्तान्तरण गरिने छ।
(३) समिति फेरबदल गरिने छैन, यदि गर्न परेको खण्डमा समिति द्वारा छलफल गरि फेरिने छ ।
(४) संकलित हित कोष रकमलाइ संस्थाकै बिविध कार्यक्रमहरु तथा भैपरि आउने काम, र अभियान हरुमा भोग चलन गरिने छ।
(५) यदि कोहि ईच्छुक नयाँ सदश्य बन्न आएमा निति नियम को बारेमा बुझाएर, हित कोष मा लगानी भुक्तान गराएर सदश्यता प्रदान गरिनेछ।
(६) यदि कोहि सदस्यहरु संस्था बाट स्वइच्छाले बाहिरिन चाहेमा जानकारी गराएर बाहिरिन पाउनेछ, निज द्वारा भुक्तान भएको सदश्यता शुल्क फिर्ता हुने छैन । डिपोजिट रकम फिर्ता पाउनेछ तर रकम चलान नभएको खण्डमा, यदि कोष रकम चलान भैसकेको छ भने समयवधी पुरा धए पचि फिर्ता पाउने छ ।
(७० (SAPS) “संस्था” ले बर्षको प्रत्येक ६/६ महिनामा अति आवश्यक बिषय लाइ अवलोकन गरि सहयोग अभियान तथा जनचेतनामुलक कार्यक्रम गरिने छ।
(८) नेपालमा भएका वा बिदेशमा भएका सबै सदस्यहरु एक ढिक्का भइ हातेमालो गरि अनुशासित ढङ्गले अघि बढ्ने छ।
(९) यस निति नियम र आचारसंहिता संयुक्त आवाज परिवर्तन समाज “संस्थाका सदश्य तथा समिति भित्र मात्र लागु गरिने छ।
(१०) (SAPS) संस्था औपचारिक रुपमा नेपाल सरकार द्वारा मान्यता प्राप्त गैर नाफामुखी संस्था हो ।
(११) यस (SAPS) संस्थालाइ खुल्ला प्रतिस्परर्धा देखि टाढा राखी भिन्नै उदेस्य र अभियानको रुपमा इन्टरनेटको दुनियामा छुट्टै पहिचान र नाम दिइने छ।
(१२) (SAPS) संस्थाका कार्यकारी समिति सदस्यहरु एकदमै अनुशासन, जिम्मेवारी, सल्लाह सुझाव, र आज्ञाकारी रुपमा आफ्नो पद र काम कार्वाहिमा सरिक हुनुपर्नेछ।
(१३) आफ्नो पद र कार्य क्षेत्रको जिम्मेवार ढङ्गले पालना गर्नु पर्ने छ, यदि बेवस्था गरिएको खण्डमा समितिको छलफल ले पुनर्गठन गरिने छ।
(१४)यो नियम व्यक्ति बिशेष लाइ मात्र नभएर, पुरै समितिका जो कोहि सदस्य हरुलाइ अनिवार्य लागु गराइने छ।
(१५) यश सस्थाका कुनै पनि सदस्यले नियम उलंघन गरि सस्थामा बाधा पुग्ने काम र कार्य गरेको थाहा पाइएमा संस्थाको नियम आचारसंहिता अनुरुप कानुनी कार्बाही गरिनेछ्न ।
(१५) (SAPS) संस्थाका देश विदेश बाट प्रतिनिधित्व गरि रहनु भएका प्रतिनिधिहरु, पत्रकार महोदय, कलाकार ज्युहरू सबैमा सम्पर्कमा रहेर,,कार्य गरिनेछ..
(१७(SAPS) संस्थाको उदेस्य, निति, अवधारणा, लक्ष्या, कार्यक्रमहरु मा केन्द्रित रहि अघि बढ्नेछ।
(१८) समग्रमा यस संस्थालाइ आफ्नै घर सम्झेर हरेक किर्याकलापमा सरिक भइ, उपस्थित भई, यस संस्थाको उदेस्य बुझि अघि बढ्नु पर्ने छ।
==============================================
(SAPS) पृष्ठ-पेज वा ग्रुप भित्र पालना गर्नु पर्ने नियम तथा आचारसंहिताहरु यसप्रकार छन्….
==============================================
१) (SAPS) पृष्ठ-पेज वा ग्रुपमा तपाइहरुले लेखिएका सकारात्मक पोस्टहरुलाई पहिलो प्राथमिकता दिइने छ ।
२) (SAPS) पृष्ठ-पेज वा ग्रुपमा कसैले कसैलाई ब्याक्तिगत रुपमा घोचपेच गरेको पोस्टलाई मान्यता दिइने छैन ।
३) (SAPS) पृष्ठ-पेज वा ग्रुपमा पोस्ट गर्दा लेख्दा मर्यादित र नम्र भाषा प्रयोग गर्नु पर्ने छ ।
४) (SAPS) पृष्ठ-पेज वा ग्रुपका सबै आदरणिय सदस्य तथा दर्शक स्रोता हरुले शिष्ट व्यबहार गर्नुपर्नेछ ।
५) (SAPS) पृष्ठ-पेज वा ग्रुपलाई आफ्नै सम्पदा मानी संरक्षण गरिद्नु हुन् अनुरोध गर्दछौं ।
६) (SAPS) पृष्ठ-पेज वा ग्रुपमा जातिय, धर्म संस्कृती बिभेद तथा मनमुटाव लेखलाई मान्यता दिइने छैन ।
७) (SAPS) पृष्ठ-पेज वा ग्रुपमा आफ्नो ब्यक्तिगत कुरा केहि हद सम्म मात्र छलफल गर्न पाइने छ ।
८) (SAPS) पृष्ठ-पेज वा ग्रुपमा बिना अनुमति ब्याक्तिगत फोटो र अस्लिल फोटोहरु पोस्ट गर्न मनाही छ ।
९) (SAPS) पृष्ठ-पेज वा ग्रुपमा समाज र देशभित्र भए गरेका समस्या र समाधानका खोज सम्बन्धी लेखहरुलाई मान्यता दिइने छ ।
१०) (SAPS) पृष्ठ-पेज वा ग्रुपमा कसैले अपशब्द प्रयोग गरिएको भेटिएमा सम्बधित व्यक्तिलाई निष्कासन गरिनु साथै सामाजिक संजालको नियाम अनुशार रिपोर्ट गरिनेछ ।
११) (SAPS) पृष्ठ-पेज वा ग्रुप राजनैतिक, जात, धर्म,संस्कृतीसंग संबंधित रहे पनि अराजकता फैलाउने जस्ता कुरालाई मान्यता नदिई सम्पुर्ण सदस्य तथा श्रोताहरुले समानजनक ब्याबहार गर्न हार्दिक अनुरोध गर्दछौं ।
१२, (SAPS) पृष्ठ-पेज वा ग्रुपका सदस्या भित्रमा कसैले कसैलाई घोचपेच गरिएको पाएको खण्डमा जो जस संग सम्बन्धित छ। पेजको नियाम अनुशार कारवाही सहित सम्बन्धितलाई निस्काशन सम्म गर्न सकिनेछ ।
१३, (SAPS) पृष्ठ-पेज वा ग्रुपमा राजनीतिक, धार्मिक, जातिया विभेद, मनमुटाव, गालि गलौज, अश्लिल फोटो भिडियो राख्न सेयार गर्न पाइने छैन ।
१४, जनचेतनामुलक भिडियो हरु जुन सुकै भाषाको पनि लगाउन सकिनेछ। फिल्म, गित, हास्या व्यंग्य, भिडियो भने नेपाली भाषा लाई मात्र प्राथमिकता दिइनेछ ।
==================================================
यदि तपाइँहरुलाई हाम्रो अभियान र उदेश्या संग हातेमालो गर्न चाहनु हुन्छ भने यहाँ तल देखिएको लिंकमा बुडी औंलाले कच्याक्क थिच्नुहोस र खुले पछि थोमसेक लाइक गर्दै एडमिन संग सम्पर्क गर्नु होला ।
PLEASE SUBSCRIBE, LIKE, COMMENT, & SHARE
Official website
Youtube Chanel Subscribe Link
1st
https://www.youtube.com/channel/UClpMS7ZuHMxk_Vc0YeZNGWQ
2nd
https://www.youtube.com/channel/UC63EfBTh99TPA6ChVElK_dA?view_as=subscriber
Page Like Share Link गर्नको लागि
https://www.facebook.com/samyukta2019/
GROUP JOIN गर्नको लागि
https://www.facebook.com/groups/320049208362995/
https://www.facebook.com/groups/285946305625660/
FACEBOOK JOIN गर्नको लागि
https://www.facebook.com/sapsorgnp
साहायक PAGE LIKE गर्नको लागि
https://www.facebook.com/brzerox/
धन्यवाद !
ब्रिन्दा राज राई संयुक्त आवाज परिवर्तन समाज “संस्था”
संस्थापक सदस्य तथा परिकल्पनाकार !!!
