info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

हर्कबहादुर राई प्रतीष्ठानको उत्घाटनमा नेपाली काग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ आउने

काठमाण्डाै

हर्क बहादुृर राई स्मृति प्रतिष्ठानको आयोजनामा अन्तर मावि स्तरिय भलिवल प्रतियोगीताको उत्घाटनमा नेपाली काग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ आउने भएका छन् ।

सहिद राईको सम्झनामा माघ ३ गतेदेखी ५ गतेसम्म अन्तर मावि स्तरिय भलिवल तथा अन्तर मावि स्तरिय एकल छात्रा नृत्य प्रतियोगीताको आयोजना गरिएको छ । उक्त कार्यक्रममा नेपाल बिद्यार्थी संघका पुर्व महामन्त्री द्वय ने.का. युवा नेताहरु मनोजमणि आचार्य, प्रतिमा गौतम र नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष एवं नेपाली काङ्ग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य एवं ने.का. युवा नेता प्रमोदहरि गुरागाई, नेपाल बिद्यार्थी संघका पुर्व सह-महामन्त्री एवं ने.का. युवा नेता मिथिलेश मिश्र लगाएत जिल्लाका पार्टी नेतृत्वको उपस्थितमा प्रतिष्ठानले राईको सम्झनामा खोटाङको जन्तेढुङगा गाउँपालिका -५ चिसापानी नमूना माविको प्राङ्गाणमा कार्यक्रम संचालन गर्ने भएको छ । प्रतियोगीतामा भलिवलतर्फ प्रथम पुरस्कार २५ हजार, द्धितिय १५ हजार तृतिय १० हजार र सान्तवाना पुरस्कार ५ हजार राखिएको छ । यस्तै, एकल नृत्य छात्रातर्फ प्रथम पुरस्कार १० हजार, द्धितिय ७ हजार, तृतिय ५ हजार र सान्तवना पुरस्कार ३ हजार र साथमा प्रमाणपत्र राखिएको प्रतीष्ठानका सचिव बाजिन्द्र बिष्टले जानकारी दिए ।

प्रतियोगीतामा सहभागी हुनका लागि भलिवलतर्फ १ हजार र एकल नृत्य छात्राका लागि ५ सय शुल्क लाग्ने प्रतिष्ठानका अध्यक्ष धन बहादुर राईले जानकारी दिए । खेलमा सहभागी हुनको लागि विद्यार्थीको परिचय पत्र भने अनिवार्य गरिएको राईले बताए ।

पुरस्कार प्रायोजन गर्न ईच्छुक व्यक्ति वा संस्थालाई प्रतिष्ठानले आह्वान गरेको छ । जसले पुरस्कार प्रायोजन गर्नुहुन्छ उहाँहरुले तोकेको व्यक्तिको हातबाट पुरस्कार वितरण तथा पुरस्कार प्रायोजन गर्नेको नाम प्रमाणपत्रमा उल्लेखसमेत गर्छौ आयोजकले जानकारी दिए ।

व्यक्तिगतरुपमा वा संस्थागतरुपमा ५ हजार भन्दा बढी सहयोग गर्नेको नाम स्मारिकामा समेत उल्लेख गरिने सचिव विष्टको भनाई छ ।

तत्कालीन नेपाल शिक्षक संघ खोटाङका अध्यक्ष तथा चिसापानी उच्च माविका प्राचार्य समेत रहेका स्वर्गीय राईलाई शसस्त्र द्वन्द्वको समयमा खम्वुवान मुक्ति मोर्चाले २०५८ साल माघ ३ गते चिसापानी बजारबाट अपहरण गरि काहुलेको हुम्मापोखरीमा गोली हानी हत्या गरेको थियो । सहिद राईको सम्झनामा हरेक वर्ष प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Translate »