info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

हड्डीमा क्यान्सर भए पछि अर्जुन राईको खुट्टा काटन पनि ३२ देखि ४५/५० लाख सम्म खर्च लाग्ने डाक्टरहरुको भनाई भिडियो सहित

हड्डीमा क्यान्सर भए पछि अर्जुन राईको खुट्टा काटन पनि ३२ देखि ४५/५० लाख सम्म खर्च लाग्ने डाक्टरहरुको भनाई
लिला राई फाउण्डेशनका अध्यक्ष लिला राई द्वारा रु १,००,०००/- एक लाख सहयोग प्रदान

उर्लाबारी १ मोरङ , पिपलडाँगी निवासी ईन्द्र बहादुर राईको १६ बर्षीय अर्जुन राई बोन क्यान्सर भएर विगत ७ महिनादेखि थला परेका अर्जुनको अन्तत खुट्टा काटनु पर्ने भएको अर्जुन राईको पिता ईन्द्र बहादुर राई बताउनु भयो । खुट्टा काटनकै लागि पनि ३२ देखि ४५/५० लाख सम्म खर्च लाग्ने डाक्टरहरुको भनाई ।

बोन क्यान्सर पीडित अर्जुन राईको उपचार दमक, धरान घोपाक्याम्प, बिराटनगर नर्सिङ्ग होम, भरतपुर क्यान्सर हस्पिटल भक्तपुर क्यान्सर हस्पिटल सम्म पुराउदा भरतपुर क्यान्सर हस्पिटलले बोन क्यान्सर भएको बताए। हाल सम्म उपचारक्रममा १०/१२ लाख खर्च भै सकेको र्जुन राईको पिता ईन्द्र बहादुर राईले बताए। डक्टरहरुले खुट्टा काटन मात्र ३२ देखि ४५/५० लाख लाग्ने बताएपछि अहिले अर्जुन राई परिवार तनावमा रहेका छन् । साधारण ज्याला मजदुरी गरेर परिवार पालन पोषण जिबिका चलाई रहेका परिवारमा ठुलै बज्रपात परेको छ।

अर्जुन राईको पिता ईन्द्र बहादुर राई आफै पनि अपांग भएको र उनको आर्थिक स्थिति पनि एकदै नाजुक रहेको र हाल सम्म जे जति भएको आर्थिक जय जेठा सकिएकोले छोरा बचाई दिन विभिन्न संघ सस्थामा आहार गुहार माग्न पुगेको तर कोरोना महामारीको कारण विभिन्न समस्या आएपछि मिडिया सम्म गुहार माग्दै गर्दा नागरिक आवाज मिडियाले यस विषयमा समाचार प्रकाशन गर्दै आएको ईन्द्र बहादुर राईले बताए ।

पीडित अर्जुन राईको लागि अहिले प्रत्येक महिनामा ५० देखि ६० हजार खर्च हुने गरेको छ । भरतपुर क्यान्सर अस्पतालका भनाई अनुसार खुट्टा काट्नै पर्ने भए पछि आर्थिक अभावकै कारण आयुर्बेदिक तिर लागेको पिडितका परिवार र बुबा बताउनु हुन्छ ।

परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएका कारण अर्जुनका बुवा ईन्द्र बहादुर राई र उनका परिवारले आफ्नो छोरा बचाईदिन अनुरोध नागरिक आवाज मिडियाले भिडियो बाहिर ल्याएको थियो ।

भिडियोको पीडा देख्न साथ युनाइटेड किङ्डम बात लिला राई फ़ाउण्डेशन मार्फत बरिष्ठ समाजसेवि लिला राई फाउण्डेशनका अध्यक्ष लिला राई द्वारा रु १,००,०००/- एक लाख सहयोग प्रदान गर्दै, सहयोग सहित अर्जुन राईलाई बचाउन देशविदेशमा रहनु भएका आम नेपाली नागरिकलाई सहयोग गरिदिनुहुनअपिल गर्नुभएको छ।

लिला राई एउटा यस्तो नाम हो। समाजसेवा अतुलनीय योगदान रहेको छ। यस अघि पनि हजारौंलाई सहयोग गर्दै आउनु भएको छ, समाजसेवामा, लिला राई, विकसित मुलुक युनाइटेड किङ्डममा बसेर पनि नेपाल र नेपाली हरुलाई धेरै माया,सम्मान ,र सद्भाव राख्ने एक उदाहरणीय नारि हुनुहुन्छ , उहाँको समाजसेवामा बेग्लै नाम छ, हर दु,खि पि’डित लाई दु:खेको घाउमा महलम लगाउन सदैब तत्पर रहनु हुन्छ। उहाँको समाजसेवा निरन्तर सहयोग गर्ने प्रेरणा साथ् हौसला दयालु भगवानले प्रदान गरुन।

“सेवा नै धर्म स्वास्थ्य नै धन हो!

”कक्षा ९ मा अध्यनरत मोरङका अर्जुन राई लाई बचाउन
आउनुहोस मिलेर हातेमालो गरि सहयोग गरौं । सोचे असम्भव केहि छैन समस्याको सामाधान हामी बाट अवश्य हुनेछ ।

यस्तै गरि अन्य पीडिहरुका लागि विभिन्न देशहरुबाट पनि यस किसिमको अभियान सञ्चालन हुँदै आएको नागरिक आवजका संचालक दिलिप राई र मेरि राईले बताउनु भएका छन् ।

#Nagarik_Aawaz  #Arjun_Rai #Merry_Rai

Merry Rai 9818888602

Dilip Rai 9813591618 Viber, Whatsapp 

पिडित

इन्द्र बहादुर राई 9814348504

फुल माया राई 9817020681

बैक खाता नंम्बर

0725750948199001

NIC ASIA

इन्द्र बहादुर राई

Translate »