Raptar Khabar #Simpal_Suzan
प्रकाशित मिति : 2020-02-01

खोटाङ/ खोटाङ जिल्ला दिप्रुङ चुईचुम्मा गाउपालिकामा जन्मिएर हाल काठमाडौ बस्दै आएका खोटाङ्गेहरुको शनिबार बसेको एक भेलाले सातै वडालाई समेटेर दिप्रुङ चुईचुम्मा एकता सेवा समाजको गठन गरेको छ ।
पालिका बासिलाई गोलबन्द्व बनाएर अगाडी बढाउनको निमित्त गोपालचन्द्र राईको अध्यक्षतामा १३ सदस्यीय दिप्रुङ चुईचुम्मा एकता सेवा समाजको गठन गरेको हो ।
गैर नाफामूलक र गैर राजनीतिक उद्धेश्यले गठन भएको उक्त समितिको उपाध्यक्षमा मिलन कार्की, सचिवमा नवराज रोका, सह सचिवमा सविन्द्र खड्का र कोषाध्यक्षमा एलिना राई रहेको समाजले जनाएको छ ।
यस्तै सदस्यहरुमा गणेश थापा, विनोद थापा, तेज बहादुर वस्नेत, बविन राई, कन्काईष्ट राई, पूर्ण राई रहेको छन् ।
सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद तथा शैक्षिक गतिविहरुलाई रचनात्मक रुपमा प्रस्तुत गरि दिप्रुङ चुईचुम्मा बासिहरुको पुहुँच पु¥याउन सहयोग गर्ने उद्धेश्यले शनिवार उक्त समाजको गठन भएको अध्यक्ष गोपालचन्द्र राईले जानकारी दिए।


