info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

३ भाद्र २०८३, बुधबार

विगत २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, थप तीन जनाको मृत्यु

विगत २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको र ८१८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोरोनाभाइरस वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३१,९३५ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले १३,१५५ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ९,२१२ जना संस्थागत आइसोलेशनमा र ३,९४३ जना घरमै आइसोलेशनमा छन्। गम्भीर लक्षण भएका १३७ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म १८,६३१ जना भाइरसमुक्त भइसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कोरोनाभाइरस
नेपालमा अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये १६६ जना काठमाण्डू उपत्यकाका, १३९ जना पर्साका र ९१ जना सर्लाहीका छन्।

गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १,०१६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।

त्यसैगरी सरकारले भदौ ५ गते ८३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८ र साउन ३२ गते ६४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

कोभिड-१९ का कारण मृत्यु पुष्टि भएका व्यक्तिहरू पर्सा र सर्लाहीका दुई जना महिला र झापाका एक जना पुरुष हुन्।
उनीहरू क्रमशः ५३, ३३ र ५८ वर्षका भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्मको तथ्याङ्कअनुसार नेपालमा ०.४७ प्रतिशत सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

Translate »