info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाको रोकथामको लागि सहयोग

कोरोनाको रोकथामको अभियानमा राष्ट्रिय आविष्कार केन्द्रले गरेको सह्रानीय सहयोग प्रति उच्च सम्मान।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनको संयोजकतामा कोरोना रोकथाम अभियान सम्बन्धि जानकारी सार्वाजिक जस्ताको तस्तै

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन लेख्नु हुन्छ

कोरोनाको रोकथामको अभियानमा राष्ट्रिय आविष्कार केन्द्रले अहिले सम्म गरेको सानोतिनो कामहरुको एकदमै संक्षिप्त रिपोर्ट यस प्रकार छ. बिस्तृत रिपोर्ट पछि दिईने छ.

१. अस्पतालहरुलाई PPE वितरण – अहिले सम्म नेपालको सातै प्रदेशको ४८ जिल्लाहरुको गाउँपालिका र नगरपालिकामा रहेका १४५ ओटा सरकारी अस्पताल, प्राइभेट अस्पताल, प्राथमिक उपचार केन्द्र, हेल्थपोष्ट, क्वारेन्टाइन सेन्टर आदिमा २,२५० वटा PPE वितरण गरियो. मोबाइलबाट सम्पर्क गरि गाडी नै लिएर PPE लिनको लागी आविष्कार केन्द्रमा आउनेहरुलाई वितरण गरिंदैछ. ठुलो अस्पताललाई १५ देखि २५ वटा सम्म, मझयौला अस्पताललाई १० देखि १५ वटा र हेल्थपोस्टहरुलाई ५ वटा सम्म PPE दिईएको छ

 

 

 

२. एम्बुलेन्स र सुरक्षाकर्मीहरु लाई PPE वितरण – अहिले सम्म काठमान्डू उपत्यका भित्रका एम्बुलेन्सहरु सहित बाहिरी जिल्ला बाट काठमान्डू आएका १८५ ओटा एम्बुलेन्सका ड्राईभरहरुलाई PPE वितरण गरियो. साथै ईमरजेन्सी रेस्क्युमा काम गर्ने सुरक्षाकर्मीहरुको लागी पनि अनुरोध आए अनुसार PPE बाँडियो.

 

३. कोरोना बिरामी जाँच्ने बुथको निर्माण र वितरण – कोरोनाको आशंका लागेर अस्पतालमा आउने बिरामीहरुलाई जाँच्ने डाक्टरहरुलाई सुरक्षित गराउनको लागी दक्षिण कोरियाले बनाएको जस्तो बुथको नमुनाको आधारमा केहि थप सुधार गरि बुथहरु निमार्ण गर्ने काम सुरुमा काठमान्डूमा गरिएको थियो. अहिले १६ जिल्लाहरुमा बिभिन्न टीमहरुले बुथ बनाउंदै छन. ती बुथहरु अहिले टिचिंग अस्पताल, बीर अस्पताल, छाउनी सैनिक अस्पताल, भक्तपुर अस्पताल, बाग्लुंग अस्पताल, महेन्द्रनगर अस्पताल, ईटहरी अस्पतालमा राखेर काम सुरु गरि सकेका छन.

 

४. पुरानो भेन्टिलेटरहरुको मर्मत – राष्ट्रिय आविष्कार केन्द्रको आह्वानमा बायोमेडिकल एसोसिएसन र बिभीन्न बायोमेडिकल ईन्जिनियरहरुको समुहले सहयोग गरेर ट्रमा अस्पतालको ८ ओटा र बीर अस्पतालको ३ ओटा भेन्टिलेटरहरु मर्मत गरेका छन्. टिचिंग अस्पताल, गंगालाल अस्पताल र कान्ति बाल अस्पतालको भेन्टिलेटरहरुको मर्मत गर्ने काम हुँदैछ.

 

५. अन्य उपकरणहरुको अनुसन्धान तथा बिकासका कामहरु – राष्ट्रिय आविष्कार केन्द्रमा भैरहेको अन्य पहिलो काम साधारण किसिमको नयाँ भेन्टिलेटरले जस्तो काम गर्ने सिस्टमको बिकास गरेर परीक्षण गर्ने काम भैरहेको छ. दोस्रो काम कोरोनले सिकिस्त भैसकेको बिरामीलाई राखेर जाँच्ने ईन्क्युबेसन बाकसको बिकास भै रहेको छ. तेस्रो काम आइसोलेसन सेन्टरमा रहेका मानिसहरु लाई खाना पुर्याउने रोबोटको नमुनाको पनि बिकास गर्ने काम भैरहेको छ. चौथो काम एक पटक प्रयोग भैसकेको मास्क र PPE गाउनहरु लाई किटाणु रहित बनाउएर फेरी प्रयोग गर्नको लागी UV Treatment गर्ने सिस्टम बनाउन प्रयास गरि रहेका छन्.

 

६. आर्थिक ब्यबस्थापन – राष्ट्रिय आविष्कार केन्द्रले आफ्नै खर्चमा अलिकति PPE हरु बनाएर दिने भनेर काम सुरु गरेको थियो. अहिले सम्म कसैलाई आर्थिक सहयोगको लागी अनुरोध गरिएको छैन र गरिने पनि छैन. PPE र बुथहरु पनि पैसा नलिईकन वितरण गरिंदै छ. कसैले आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने राष्ट्रिय आविष्कार केन्द्रको बैंकको खातामा जम्मा गरि दिनु होला भनेर भनिएको छ. अहिले सम्म बिभिन्न दाताहरुले आविष्कार केन्द्रले गरेको कामहरु देखेर अत्यन्तै खुसी भई मन ज्ञान र स्वईच्छाले रु.१७ लाख ८० हजार आर्थिक दान गरि सक्नु भएको छ. बैंक बाट समयमा नगद निकाल्न नसकेकोले रु.१० लाख सापटी लिएको छ. अहिले सम्मको खर्च PPE को लागि रु. २० लाख ८० हजार, बुथको लागि रु.७ लाख र अन्य अनुसन्धानहरुमा रु.२ लाख खर्च भएको छ. आम्दानी र खर्चको बिस्तृत विवरण पछि दिईने छ

 

७. कोरोनाको अभियानका सहकर्मीहरु – राष्ट्रिय आविष्कार केंद्रले सुरु गरेको अभियानमा प्रत्यक्ष साथ दिने धेरै सहकर्मीहरु छन्. अमेरिकन नेपाल मेडिकल फाउन्डेसन, नेपाल बायोमेडिकल एसोसिएसन, नेपाली सेना, बीर अस्पताल, पन्चकन्या उद्योग, गोर्खा इको प्यानल, कवच गार्मेन्ट, रेमण्ड टेलरिंग, फिट वेल गार्मेन्ट, काल ए टेलर, ईमाडोल गार्मेन्टले ठुलो साथ दिई रहेका छन. सामान र मान्छेहरु ओसारपसार गर्नको लागी बिना पैसा गाडीहरु उपलब्ध गराउने दाताहरु किशोर रिमाल, रबीन्द्र महर्जन, बिष्णु जंग बस्नेत, नेपाल आर्मी, राधेश्याम मल्ल हुनु हुन्छ. राष्ट्रिय आविष्कार केन्द्रमा १४ जना अनुसन्धानकर्ताहरु सहित अन्य धेरै बिज्ञहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन्.

अत्यन्तै संक्षिप्त विवरण यति नै हो. धन्यबाद.

Translate »