मृगौला पीडित तथा ज्याला मजदुरी गरेर जीविकापार्जन गर्ने अत्ति बिपन्न ५३ परिवारलाई राहत वितरण भिडियो सहित
बैशाख –काठमाण्डौं । संयुक्त आवाज परिवर्तन समाज परिवार, अन्तराष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठन, सफेद चरण संस्था को संयुक्त अभियान बाट मृगौला फेल भएर डाईलोसिस गरि रहनुभएका ४७ जना मृगौला पीडित र विपन्न ६ परिवारलाई राहत वितरण गरेका छन् । बिहान बेलुका छाक टार्न समेत धौधौ पर्ने, अत्ति विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने मजदुर र मृगौला पीडितहरुलाई तीनवटा संस्थाको समन्वय सहकार्य गरि आवश्यक राहत मंगलबार वितरण गरिएको सफेद चरण सस्थाका हेल्थ कोडिनेडर साथै अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठन प्रदेश नम्बर १ का अध्यक्ष पदम लिम्बू पावलले जानकारी दिनु भयो । दैनिक रुपमा चुल्होमा आवश्य पर्ने दाल, चामल, नुन, तेल, चिनी जस्ता आवश्यक खाद्य सामाग्री पीडिहरुलाई वितरण गरिएको हो ।

सरकारबाट विभिन्न कारणवस राहत लिन छुटेका पीडित तथा मजदुरहरुले मनकारी तथा यस्ता सहयोगी गैरसरकारी संस्थाबाट आवश्यक राहत पाउदा निकै खुशी महशुस गरेका थिए । सफेद चरण संस्था र संयुक्त आवाज परिवर्तन समाज एवम् अन्तराष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनले यो लकडाउनको समयमा यस्तै अप्ठयारोमा परेकाहरुलाई स्थानिय सरोकारवाला संग सहकार्य गरि धेरै ठाँउमा राहत वितरण गरी सकेको छ ।

सरकारले वडाको समन्वय बीना कसैलाई पनि राहत नदिनु भनि रहेको अवस्थामा पीडितहरुको पीडा देख्न नसकेर लुकीछिपि राहत वितरण गर्दै आएको राम्रो नराम्रो अलनाइन चौतारीका सञ्चालक श्याम कुलुङ राईले बताए । साथै सीधै वडा र नगरपालिकालाई राहत हस्तान्तरण गर्दा वास्तविक पीडितको हातमा पुग्न नसक्ने पनि कुलुङले बताए ।

यी तिनै वाट सस्थाले स्थापनाकालदेखि समन्वय सहकार्य गरि विशेष गरी मृगौला पीडित क्यान्सर पिडित वा विभिन्न किसिमका बिरामीहरुको साथै विपन्न परिवारलाई साथ् सहयोग सेवा तथा उपचार गर्दै आइरहेको छ ।


