info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

माेरंगकाे वेलवारिमा युवाहरु बिच झडप एककाे मृत्यु

 

माेरंग:  मोरंगको बेलबारी नगरपालिका-५ कसेनीमा सामान्य बिषयमा युवाहरू बिच झडप हुँदा एक युवाको मृत्यु भएको छ । झडपमा तीन जना घाइते भएका छन ।

शुत्रबार (आज) दिउँसो दुई पक्षबिच भएको झडपमा स्थानिय ३६ बर्षीय चन्द्र कुमार राईको मृत्यु भएकाे इलाका प्रहरी कार्यलय हरैँचाका प्रहरी नायब निरिक्षक टि सिवाकोटीले जानकारी दिए ।

झडपमापरी गम्भीर घाइते भएका राईकाे बिराटनगर स्थित बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । झडपमा स्थानीय शाही कुमार राई, बालकुमार राई र गौरब राई घाइते भएका छन ।

अघिल्लो दिन मदिरा सेवन गरेका केही युवाहरु बिच भनाभन भएको र सोही निहुमा आज २०-२५ जनाको समुहमा आएका समुहले आक्रामण गर्न थालेपछी झडप भएको हो ।

घटनामा  संलग्न अन्य युवाहरूकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Translate »