info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

मानवको लागि मानव अभियान टिमलाई राहत प्राप्त

मानवको लागि मानव अभियान टिमलाई राहत प्राप्त

हुने सक्नेले दिएर जानु
नहुने नसक्नेले लिएर दिएर जानु
आफु पनि बाचौं अरुलाई पनि बचाऔं।

धेरै सस्थाहरुको स्वामित्वमा संचालित “मानवको लागि मानव अभियान २०७८” द्वारा कोरोना भाइरस COVID-19 बाका कारण प्रभावित, विभिन्न विस्थापित, अलपत्र जनजीवन परिवारहरु भोजन देखि खाद्यान्न वितरण गर्दै जानेक्रममा टिमवर्क देखेर सहयोगी दाता पर्वत जिल्ला बिहादी गाउँ पालिका वार्ड नं. २ बर्राचौर घर भई हाल काठमाडौ-१६ बनस्थली निवासी ध्रुव पौडेल ज्युले ३ बोरा ( लगभग ८० किलो ) आफैले खाने लोकल चामल र त्यसै गरि दोश्रो सहयोगी दाता इमाडोल निवासी सतिश सुवेदी ज्युले चार बोरा चामल दुइ कार्टुन पानि “मानवको लागि मानव अभियान” टिमलाई प्रदान गर्नु भएको “मानवको लागि मानव अभियान” टिमले जानकारी सहित प्राप्त सहयोग वास्तविक पिडित परिवार बुझेर चाडै वितरण गरिने “मानवको लागि मानव अभियान” टिमले प्रतिवद्दता जनाउनु भएको छ।

“मानवको लागि मानव अभियान” टिम द्वारा मानविय सतकर्म सहयोगी मनहरुमा निरन्तर सेवा, सु-स्वास्थ्या, दिर्घायु, समृद्ध जीवन उत्तरोत्तर प्रगति ऊन्नतिको कामना साथै विशेष धन्यवाद !

यो विसम परिस्थितिमा यस सतकर्म कार्यमा जोडिनु हुने महान सहयोगी हस्ती हरु प्रति मानवको लागि मानव अभियान टिम र संयुक्त आवाज परिवर्तन समाज परिवार बाट हार्दिक आभार व्यक्त गर्दै, आउने दिन हरुमा पनि तपाइँ हरुको साथ् सपोर्ट, सहयोग, माया, सुझाब, सल्लाहको अपेक्षा राख्दछौ। धन्यवाद !

वृन्दा राज राई
काठमाण्दौ

Translate »