भात पकाउने कुकर (Rice Cooker) प्रयोग गरेर N95 र K95 मास्कलाई निर्मलीकरण (Decontamination) गरेर फेरी प्रयोग गर्ने तरिका हेर्नु होस् |
अस्पतालहरुलाई यो कुरा काम लाग्न सक्छ किन भने उनीहरुले धेरै मास्कहरु प्रयोग गर्नु पर्छ र पैसा पनि बच्छ | राईस कुकरमा पानी राख्ने होइन | सुक्खा तातो हावाले भाइरस मार्ने हो |

यो कुराको अनुसन्धान अमेरिकाको University of Illinois Urbana का अनुसन्धानकर्ताहरुले गरेका रहेछन | सो काम कसरी गर्ने भन्ने तरिकाको भिडियो यहाँ छ –
| यसलाई अमेरिका कै National Institute of Health (NIH) ले पनि प्रमाणीकरण गरेको रहेछ जसको लिंक यहाँ छ
https://www.nih.gov/news-events/news-releases/nih-study-validates-decontamination-methods-re-use-n95-respirators
सो अनुसन्धानले काम गर्छ कि गर्दैन भनेर हामीले राष्ट्रिय आविष्कार केन्द्रमा पनि प्रयोग गरेर हेरियो | हामीले अनुसन्धान गर्दा निम्न कुराहरु थाहा भयो |

१. यो प्रयोग गर्न Teflon Coated राइस कुकरमा मात्र हुँदो रहेछ | बजारमा पाइने साधारण राइस कुकरमा हुँदो रहेनछ| साधारण कुकरमा राख्दा तातोले मास्क डढने रहेछ | त्यसैले Teflon Coated राइस कुकरमा मात्र प्रयोग गर्नु होला |
२. बजारमा पाइने अधिकांस राईस कुकरमा ५० मिनट समय सेट गर्न नमिल्ने रहेछ | त्यसैले धेरै तातो भयो भने राइस कुकर आफै बन्द हुने रहेछ | यसरी आफै बन्द भयो भने त्यसलाई फेरी खोल्नु (On) पर्ने रहेछ | तर समय सेट गर्न मिल्ने राईस कुकर छ भने राम्रो हुने रहेछ |

३. राम्रो खाले राइस कुकरमा सुतीको रुमाल राखेर त्यहि रुमाल माथि मास्कहरु राख्नु पर्ने रहेछ | सुतीको कपडा राखेन भने मास्क पग्लिने रहेछ | यसो गर्दा सुतीको कपडा नडढंने रहेछ |
४. यसरी Teflon Coated राइस कुकरमा ५० मिनट सम्म ११५ डिग्री सेल्सियस सम्मको तातो हावामा राख्दा भाइरसहरु मर्ने रहेछन र त्यो मास्क लाई फेरी प्रयोग गर्न सकिने रहेछ | कोरोना कै भाईरस राखेर NIH ले पनि अनुसन्धान गरेको रहेछ |
५. त्यो राईस कुकरमा हामीले ४ किसिमका मास्कहरु एकै साथ राखेर हेरेका थियौं | N95, K95 र बजारमा पाइने अरु दुई किसिमका सर्जिकल मास्कहरु थिए | ति मध्य ५० मिनट सम्म ११५ डिग्री सेल्सियसको तातो हावामा राख्दा N95 र K95 पग्लीएनन | तर बजारमा पाइने अरु दुई किसिमका सर्जिकल मास्कहरु भने अलिकति कच्याक कुचुक जस्तो भए र त्यसको डोरी पनि पग्लेर निस्कियो | यो कुरा हेर्न र बुझ्न तलको फोटो हेर्नु होला |
साथै ईच्छुक अनुसन्धानकर्ताहरुले उनीहरुको यो रिसर्च पेपर पनि हेर्नु होला – https://pubs.acs.org/doi/10.1021/acs.estlett.0c00534


