info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

१६ भाद्र २०८३, मंगलवार

पछिल्लाेे २४ घन्टामा ११२० काेराेनाकाे नया संक्रमित थपिए, १२ जनाकाे मृत्यु ।

काठ्माडाैं : नेपालमा पछिल्लो २४ घण्टा भित्रमा ११२० जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि भएकाहरुमा ३२० महिला र ८ सय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ भने २३ हजार २९० निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना डिस्चार्ज भएको  जानकारीमालअाएकाे छ ।

१२ जनाको मृत्यु

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष छन् । यसै गरि मृत्युहुाेेेमा चितवनमा ५५ र १८ बर्षका २ महिलाको निधन भएको छ भने काठमाण्डौमा ८९ बर्षकी वृद्धा, ललितपुरमा ७० बर्षकी वृद्धा, तनहुँमा २० बर्षकी र कपिलवस्तुमा ६० बर्षीया संक्रमित महिलाको पनि निधन भएको छ ।

यसै गरि, बारामा ९७ बर्षीय वृद्ध, चिनवतका ६५ बर्षका, भक्तपुरमा ४० बर्षीय, काठमाण्डौंमा ७० र ७५ बर्षका पुरुषहरुको निधन भएको छ भने धादिंगमा ४७ बर्षका पुरुषको पनि निधन भएको मन्त्रालयले जनाएको छ ।  हालसम्म मृतकको संख्या २५१ जना पुगेको छ । यो हालसम्मको संक्रमितको ०.६ प्रतिशत हो ।

Translate »