info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

३ भाद्र २०८३, बुधबार

निजामती सेवा दिवसको अबसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान

निजामती सेवा दिवसको अबसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले निजामती सेवा दिवसको अबसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाइएको १७ औं निजामती सेवा दिवसको अवसर पारेर गाउँपालिकाले सोमबार स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीलाई १० हजार नगदका साथमा प्रशंसा–पत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

उनलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, उपाध्यक्ष सपना राई, प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद दाहालले माला र अविर लगाइ दिएर नगद पुरस्कार साथमा प्रशंसा–पत्र प्रदान गरेका थिए ।

गाउँपालिका स्थापनाकालदेखि स्वास्थ्य संयोजकको रूपमा कार्यरत मन्सुरीले गाउँपालिकामा आएका आरोह अवरोहरूको सामना गर्दै गाउँपालिकाको समृद्धि, विकास र अग्रगमनको लागि कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा अतुलनीय योगदान पुर्‍याएको तथा कोभिड–१९ को महामारी र बढ्दो संक्रमण नियन्त्रणका लागि सञ्चालन गरिएका कार्यक्रमहरूलाई सफल बनाउन सकृय रूपमा भूमिका निर्वाह गरेकाले कामको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट निजामती कर्मचारीको रुपमा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

गतवर्षको निजामती सेवा दिवसमा गाउँपालिकाले आइटी अफिसर मणिचन्द्र राईलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएकोे थियो ।

Translate »