info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

१६ भाद्र २०८३, मंगलवार

धरान १७ मा अामा छाेराकाे काेराेना बाट मृत्यु

  • का्ठमाण्डाै- धरानमा आज एकै परिवारका आमा छोराको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।                                      धरान १७ निवासी ७४ बर्षीया आमा र ६० वर्षीय छोराको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनु भयाे ।

मृतक दुवै जनालाई हिजो राति साढे ८ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइएको थियो । ७४ बर्षीया आमामा अत्यधिक खोकी, श्वास फेर्न समस्या, एक हप्ता देखि ज्वरो आएको थियो । अस्पतालमा ल्याउँदा उनको अवस्था गम्भीर भइसकेको र कोरोना आशङ्का गरी स्वाब परीक्षण गर्दा आज कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

यसै गरी छोरा ६० बर्षीयमा पनि श्वास फेर्नमा समस्या, अत्यधिक खोकी र १० दिन देखि ज्वरो आएको थियो । उनको पनि आज बिहान कोरोना पोजेटिभ पुष्टि भएको थियो । छोराको आज बिहान ७ः४५ बजे र आमाको आज बिहान ८ः३७ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।

छोरामा मधुमेहको दिर्घरोगी र केही महिना देखि कलेजोमा समस्या देखिएको थियो भने आमामा मधुमेह र उच्च रक्तचाप रहेको थियो ।

मृतक दुवैमा कसरी कोरोना सङ्क्रमण भयो ? यसबारेमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा बुझ्नेक्रममा रहेकााेाे छ । अहिले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा मृतकको घर धरान १७ पुगेर परिवारका अन्य सदस्यहरू लगायत १३ जनाको स्वाब लिने तयारी भइरहेको प्रमुख मेहेताले बताए । उनका अनुसार परिवारका अरू केही सदस्यहरूमा केही दिन देखि ज्वरो आइरहेको छ ।                                   मृतक दुवैको शव व्यवस्थापन गर्नका लागि धरान उपमहानगरपालिकाले तयारी गरिरहेको बताइएको छ ।

Translate »