info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

धरान १७ नं सिल

काठ्माण्डाै: धरान उपमहानगरपालिका वडानं. १७ को पुरै वडा सिल गरिएको छ ।

धरान १७ फाेक्लिनटापुमा आज दुई जना एकै परिवारका आमा छोराको कोरोना सङ्क्रमणबाट मृत्यु भएको र कोरोना सङ्क्रमितको सङ्ख्या पनि दिनानुदिन वृद्धि भइरहेकोले कोरोना सङ्क्रमण रोक्नका लागि भदौ २१ गते सम्म पुरै वडालाई सिल गरिएको छ।अब १७ नं वडा मा अव सरसफाईको गाडी, दमकल, औषधी पसल र एम्बुलेन्स सेवा बाहेक सबै सेवा पुर्णरुपमा बन्द गरिएको छ । वडावासीलाई घरबाहिर ननिस्कन भनेर माइकिङ गरेर अहिले जनपद प्रहरी, सशस्त्र प्रहरी र वडाका स्वयं सेवक समेत परिचालन गरिकाे हाे।

अहिले सम्म १७ नम्बर वडामा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुगेकोमा एकै परिवारका आमा छोराको आज मृत्यु भएको छ । ट्राभल हिस्ट्री समेत नभएका समुदायका मानिसमा कोरोना सङ्क्रमण भएर मृत्यु भएकोले गर्दा १७ मा कोरोना समुदायमै फैलिएको भन्दै वडालाई सिल गरिएको हो । यो सिल गरिएको एक सातासम्ममा कन्ट्याक ट्रेसिङ गर्ने सर्वसाधारणलाई कहीँ कतै हिँडडुल गर्न दिइने छैन । धरान चतरा सडक खण्डमा पनि हिँडडुल र सवारी अवगमनमा कडाइ गरिने भएकाे छ

कोरोना सङ्क्रमणबाट मृत्यु भएका धरान १७ का परिवार र आसपासका ३० जनाको आज स्वाबको नमुना लिइएको पनि छ। मृतकको आजै चारकोसे जङ्गलमा स्वास्थ्य प्रोटोकल अनुसार धरान उपमहानगरपालिकाले व्यवस्थापन गरी सकेको बताइएको छ ।

Translate »