info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

१६ भाद्र २०८३, मंगलवार

धरान पाेस्ट भएकाे हवल्दार काे गस्तिमा निस्कदा बिजुलिकाे पाेलमा ठाेक्कियर गयाे ज्यान

काठ्माण्डाै: इनरुवामा एक व्यक्तिको दुर्घटनामा परी मृत्यु भएको छ ।
इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवलदारको ज्यान गएको हो ।
मृत्यु हुनेमा संघीय प्रहरी इकाई कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।
सप्तरी बलान घर भएका उनी को१प २११५ नं. को मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागेकामा उपचारका लागि विराटनगर लगिएको थियो ।
उपचारका क्रममा मण्डलको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शर्माले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको शव अहिले घरतिर लगिसकिएको उनले जानकारी दिए ।

Translate »