काठ्माडाैं = अाज २४ घण्टा भित्रमा प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६ जना संक्रमित थपिएका छन् । धरानमा मात्र ६ महिला १४ पुरुषसहित २० जना संक्रमित थपिए कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा समान १ पुरुष, इटहरीमा १ महिला थपिएका छन् ।
मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।
प्रदेश १ बाट ५४ जना डिस्चार्ज भएका छन् । वी.जेनरल आइसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आइसोलेसन केन्द्र, इलामबाट १८ र होम आइसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा १ हजार ५ सय ८९ जना कोरोनामुक्त भएका छन ।


