दुवै मृगौला पिडित नुमा लिम्बु लाई ३,८९,६१३/- आर्थिक सहयोग
काठमाडौ÷
झापा जिल्ला बुद्धशान्ति–४ कि दुबै मृगौला फेल भएकि १५ बर्षिय बालिका नुमाहाङ्गा लिम्बुलाई आर्थिक सहयोग संकलन गरि हस्तातरण गरिएको छ । ‘संयुक्त आवाज परिवर्तन समाज’ को संयोजक साथै बिश्व मानव अधिकार एंव अपराध नियन्त्रण संगठन प्रदेश नम्बर १ का अध्यक्ष पदम बहादुर लिम्बु (पावल) ज्यु को बिशेष भुमिका र समाजसेवि सशि थुलुङ, भोगिन्द्र चाम्लिङ, डिल्लीसेर राई, राम्रो नराम्रो कुरा अनलाईन मिडीयाका श्याम कुलुङको पहलमा देश बिदेशमा छरिएर बस्नु भएका महान मनका धनि सारा नेपालि दाजुभाई, दिदीबहिनीहरु बाट संकलित ३,८९,६१३ (तिन लाख उनानब्य हजार ६ सय तेह्र रुपैयाँ) पिडीत लिम्बुलाई हस्तातरण गरिएको संस्थाका अध्यक्ष बिन्द्राराज राईले बताउनु भयो । मुनामदन एकेडेमि कक्षा ९ मा अध्यनरत नुमा हाल आफ्नो अध्ययनलाई थाति राखेर सुमेरु असपताल काठमाडौंमा डाएलाईशिस गराई रहेको पिडीतका बुबा ईन्द्रध्वज लिम्बुले जानकारि दिए ।

उहाले भन्नुभयो आफु सँग आर्थिक अबस्था एकदमै नाजुक भएको कारण छोरि बचाउन सहयोगको अपिल गरेका हौ, । संयुक्त आवाज परिवर्तन समाज संस्थाले छोटो समयमा धेरै दु;खि पिडीतहरुलाई उद्धार गरिसकेको छ भने हाल पनि केहि पिडीतको लागि अभियान सञ्चालनमा भईरहेको समाजसेवि उत्तर कुमारी राई र भोगिन्द्र चाम्लिङले बताए । केन्द्रिय कार्यलय काठमाडौं रहेको यस संस्थामा पुर्व पश्चिम देखि उत्तर दक्षिणका देश देखि बिदेश सम्म कर्मथलो बनाउनु भएका २०० भन्दा बढि सदस्य आबद्ध रहेका छन् भने प्रत्यक महिनामा एक देखि दुई वटा अभियान सफल पार्ने गरेको छ । यस संस्थामा जो कोहि नागरिकले पनि सदस्यता लिएर सहकार्य गर्न सकिने नियममा उल्लेख गरिएको छ ।


