दिप्रुङ चुईचुम्मा गाउपालिका द्वारा छ सय घर धुरीलाई राहत वितरण


कृष्णकला सुनिता राई /खोटाङ
दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद दाहाल, साथै वडा जनप्रतिनिधिहरुको नेतृत्वमा
१,वडा याम्खा ७७ घरधुरि
२, वडा डाडागाउ १०४ घरधुरि
३, वडा छोरम्बु ८५ घरधुरि
४,वडा बतासे १४९ घरधुरि
५,वडा स-छितापोखरी ६७ घरधुरि
६,वडा छितापोखरि ३९ घरधुरि
७,वडा टेम्मा ७९ घरधुरि
जम्मा ६०० घरधुरिलाई राहत वितरण गरिएको कृष्णकला सुनिता राई /खोटाङ जानकारी दिनु भएको हो।


दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारण लकडाउनले आम नागरिकहरुको जनजीवन अस्तव्यस्त बनाएको १९ अौ दिनमा गाउपालिकाले पहिलो चरणको राहत सामाजिक दुरी कायम राखि वडाबाट सिफारिस भएका दलित, अल्पसंख्यक, एकल महिला, (क) बर्गको अपांगता,मजदुर, अतिगरिबी लाई छनोट गरि जनही प्रती परिवार चामल २५ के.जि, दाल २ के.जि, नुन १ के.जि , तेल १ प्याक, तरकारि २ के.जि को दरले राहत बितरण भएको गाउपालिकाले जनाएको छ ।


लकडाउनको मार खेपेका किसानहरुको तरकारी गाउँपालिकाले खरिद गरि वितरण गरिएको गाउँ पालिका अध्यक्ष राईले बताउनु भएको छ । लकडाउनको कारण हाट बजार रोकिए पछि चिन्तित किसानहरूको मनोबल बढाउन स्थानीय सरकारले बजार ब्यबस्थापनको सुनिश्चितता गर्ने बताएका छन ।



