क्यान्सर पिडित फुरदिकी शेर्पाको हिजो बिहिवार असामयिक निधन ।
स्वास्थ्य स्थिति गम्भीर देखिएपछि अस्पताल लादालादै निधन भएको आज बिहिबार जोरपाटी जम्बु डाँडामा अन्त्येष्टि गरि सकेको पारिवारिक स्रोत साथै समाजसेवी पदम श्रेष्ठले बताउनु भएको हो ।
क्यान्सर पिडित फुरदिकी शेर्पा ५८ वर्षको उमेरमा उनको निधनले छोरा, पासाङ छिरी शेर्पा, छोरी, ङिमा गेली शेर्पाको लागि आज कालोदिन बन्यो।

दोलखा जिल्ला गौउरिशंकर गाउँपालिका वडा नम्बर ९ निवासी फुरदिकी शेर्पाको सानोमा नै दाहिने खुट्टामा आगोले पोलेको र त्यहि खुट्टा बाट संक्रमण भै बिगत केही समय देखि पेट र फिलाको चेपामा सानो पिलोको आकार बाट ठुलो रुप लिएको र गाउँको स्वास्थ्या चौकी को सुझाव सल्लाहनुशार काठमाडौँ महाराजगन्ज स्थित टिचिङ हस्पिटल उपचार गरानुदा क्यान्सर भएको खुलाशा भए पछि नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलमा रिफर गरिएको थियो र त्यहाँ उपचार नहुने भएपछि नेपाल क्यान्सर हस्पिटल साँगामा रिफर गरि उपचारत रहेकि फुरदिकी शेर्पा आफ्नै नाति ङिमा गेली शेर्पाको साहारा लिई कपनमा बसी उपचार गराउदै आउनु भएको थियो। हिजो अचानक स्वास्थ्य स्थिति गम्भीर देखिएपछि अस्पताल लादालादै बाटोमै निधन भएको जानकारी प्राप्त भएको हो।

क्यान्सर बाट सिकिस्त रहेका फुरदिकी शेर्पाको आर्थिक अवस्था अति नै कमजोर रहेको कारण थप उपचार असम्भब रहेकाले छोरा, पासाङ छिरी शेर्पा, छोरी, पेम फुली शेर्पाले सहयोगका लागि अपिल गर्नु भएको थियो।
सोहि अपिलमा नेपाल बाट अभियन्ता तथा समाजसेवी पदम श्रेष्ठ, सोलुखुम्बु लिखुपिके गाउपालिका – ३ हाल USA बाट आङ साङ्गे शेर्पा, दोलखा जिल्ला, गौरिशङ्कर गाउपालिका-9 हाल USA मीन बहादुर शेर्पा, द्वारा संयुक्त अभियान संचालन गरि ४३ जना बाट रु ३,०५,४८२/- (तीन लाख, पाच हजार, चार सय, बयासी रुपैयाँ) यहीं बैशाख १५ गते बुधवार हस्तान्तरण गरिएको थियो। थप उपचारको लागि हस्तान्तरण गरिएको हप्तादिन वित्दा नवित्दै दु:खद समाचारले स्तव्ध तुल्यायो।

देश तथा बिदेश रहेर हाम्रो आमाको उपचारकालागि अभियन्ता तथा समाजसेवी नेपाल बाट पदम श्रेष्ठ, USA बाट आङ साङ्गे शेर्पा, USA बाट मीन बहादुर शेर्पा, साथै यस अभियानमा साथ, सपोर्ट, सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि महानुभावहरुमा छोरा, पासाङ छिरी शेर्पा, छोरी, ङिमा गेली शेर्पाले हार्दिक कृताज्ञाता टक्र्याउनु भएको छ।
‘हामि स्तब्ध छौं !
कसरी भन्नु फुरदिकी शेर्पा दिदीको निधनको खबरले अति नै दुःखी बनायो दिदीको आत्माको चिरशान्तिको कामना, भावपुर्ण हार्दिक श्रध्दाञ्जली ! शोक- सन्तप्त परिवारजनमा हार्दिक समवेदना !’
बृन्दा राज राई
कावा अध्यक्ष्य
संयुक्त आवाज परिवर्तन समाज परिवार



