info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

काठमाडाैं उपत्यकामा अाज एकै दिन ४२९ काेराेनाकाे नया संक्रमीत थपिए

काठमाडौं = काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४२९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उपत्यकामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै उच्च हो ।

प्रवक्ताका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौं जिल्लाका ३७२ जना, ललितपुरका जिल्लाकन १२  जना र भक्तपुर जिल्ला का ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३७ हजार ५१८ रहेको छ ।

Translate »