info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

३ भाद्र २०८३, बुधबार

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पहिलाे पटक बीपी प्रतिष्ठानको उपकुलपति कार्यालय सिल

काठ्माण्डाै : धरानकाे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिकाे कार्यालयका एक जना फोरम्यानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपकुलपतिको कार्यालयलाई अर्को सूचना नअाए सम्मका लागी सिल गरिएको छ ।

बिहीबार प्रतिष्ठानको हेल्प डेस्कमा उक्त कर्मचारीले स्वाब दिएकोमा शुक्रवार रिपोर्ट पोजेटिभ आएको थियाे । उनी त्यस दिनसम्म नै काममा खटिएको कारण उपकुलपतिको कार्यालय र सँगै जोडिएको रेक्टरको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमणको अासंका गरिएकाे छ ।

तेेेेेसैले कोरोना फैलन नदिन तथा आवश्यक सुरक्षाको लागी अर्को सूचना नआए सम्मका लागी कार्यालयलाई सिल गरिएको सूचना पत्रमा उल्लेख छ ।

सङ्क्रमित कर्मचारीलाई शुक्रवार नै प्रतिष्ठानको आइसोलेसनमा पठाइएको छ। रेक्टर र उपकुलपतिको कार्यालयमा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरिने  जानकारीमा अाएकाे छ ।

सिल अवधिमा प्रतिष्ठानका उपकुलपति र रेक्टर क्वारेनटिनमा बसी आफ्नो निवासबाट नै नियमित कार्य गरिनेे छ ।

Translate »