info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

उल्टियो सरकारको निर्णय, भोलि र पर्सि काठमाडौंबाहिर जान नपाइने

उल्टियो सरकारको निर्णय, भोलि र पर्सि काठमाडौंबाहिर जान नपाइने

 

संयुक्त आवाज / चैत २७, २०७६

केहि घण्टा अघि सरकारले गरेको निर्णय उल्ट्याएको छ । यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड १९ समन्वय समितिको बैठकले काठमाडौं बाट गाउँ घरमा जान चाहनेलाई शुक्रबार र शनिबार जान दिने निर्णय भएको थियो ।

तर, तत्कालै यो निर्णय उल्टिएको छ ।

समन्वय समितिका एक सदस्यका अनुसार अहिले तत्काल मानिसहरुलाई बाहिर लैजाँदा झन् जोखिम बढ्ने भन्दै सरकारले गरेको निर्णय उल्ट्याएको हो ।

यसअघि सरकारले नै बाहिर जाने मानिसहरुका लागि यातायात पनि व्यवस्था गर्ने र प्रहरीले ती गाडीको स्कर्टिङ गर्ने भनेको थियो । तर, यसबाट सत्तारुढ दल नेकपाका नेताहरु नै असन्तुष्ट थिए ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले त सामाजिक सन्जालमा यसप्रति असन्तुष्टि मात्र पोखेका थिएनन्, यसलाई गलत हल्ला भएको संज्ञा नै दिएका थिए ।

Translate »