info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

अाज सवै भन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्र ९४३ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा सं‌क्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन् । नेपालमा हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । कोरोना संक्रमणका कारण बिहीबारसम्म ५०९ जनाको मृत्यु भएको छ ।

Translate »