अलपत्र जनजीवन लाई भोजन र ७० बर्षिय मुटु रोगि पिडितलाई खाद्यान्न सहयोग
सामाजिक अभियन्ता समजासेवीहरुको नेतृत्वमा दस वटा सामाजिक संस्थाको एउटै छाता अभियान “मानवको लागि मानव अभियान २०७८” द्वारा विश्वव्यापी महामारी कोरोना भाइरस COVID-19 बाट प्रभावित, विभिन्न विस्थापित, अलपत्र जनजीवन परिवारहरु भोजन र खाद्यान्न सहयोग सेवामा हाम्रो अभियान निरन्तर रहेको छ।

यस सतकर्म कार्यमा जोडिनु हुने महान सहयोगी हस्ती हरु प्रति मानवको लागि मानव अभियान र संयुक्त आवाज परिवर्तन समाज परिवार बाट हार्दिक आभार व्यक्त गर्दै, आउने दिन हरुमा पनि तपाइन्हरुको साथ् सपोर्ट, सहयोग, माया, सुझाब सल्लाहको अपेक्षा राख्दछौ।

विश्वव्यापी महामारी कोरोना भाइरसको दोश्रो चरणमा भयाबह परिस्थितिमा पनि आफ्नो स्वस्थ्यको ख्याल नगरी रातदिन मानवको लागि मानव अभियान टिम तपाई हरुको साथ् सपोर्ट मायाले गर्दा नै हामि तपाइँ हरुको सेवामा निरन्तर रहेको छ।

मानवको लागि मानव अभियान कामलाई विश्वास गरि सहयोग गर्नु हुने
सहयोगी महानुभाव ज्युहरुमा विशेष धन्यवाद !


मानवको लागि मानव अभियान
संयुक्त आवाज परिवर्तन समाज
परिवार


