१
खोजेर जस्तै हिजो अस्ति कसरी मिल्छ..?
गर्नलाई सधै जिवनमा मस्ती कसरि मिल्छ..?
आफ्नै खुसी छुट्टै जीवन चली रहेको बेला
भन गास्न साइनो जवर जस्ती कसरी मिल्छ? २
दिलमा देखाएर सकभर पत्थर पठाइन्छ
तयार भई भत्काउन घर पत्थर पठाइन्छ
जस्लाई गर्यो पुर्ण बिश्वास त्यसको बदलामा
उनै बाट अचेल अक्सर पत्थर पठाइन्छ ३
सिधा हेर्न नजिक आउन सहज लाग्दैन
अचेल हत्त पत्त बोलाउन सहज लाग्दैन
पराई बनेउ लात हानेउ त्यो दिन देखि अझै
मलाई ढुक्क गरि निदाउन सहज लाग्दैन ४
आगो बन्न सके न एउटा सिङ्गो जीवन बन्न सके
यति थाहा छ छोटो समय म धड्कन बन्न सके
अहिले सम्म बेक्कार भयो यो दिलमा सजाएर
न त प्रेमिका बन्न सके न तिम्रो दुश्मन बन्न सके अपेेक्षा सरला राई दिप्रुङ्ग चुईचुुम्मा ३, खाेटाङ्ग


