info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

अपाङ्ग बासुधन राई परिवारलाई संयुक्त आवाज परिवर्तन समाज परिवार द्वारा सहयोग

अपाङ्ग बासुधन राई परिवारलाई संयुक्त आवाज परिवर्तन समाज परिवार द्वारा सहयोग

२०७६/१०/१६
#Krishna_Kala_Rai #Diktel_Khotang

माघ १५ गते बुधबारको दिन खोटाङ हलेसी तुवाचुङ न: पा -१ बाहुनिडाडा हाल बिगत २ बर्ष देखि हलेशीमहादेबस्थान पोखरी बजार छेउ बस्दै आउनु भएको अपाङ्ग बासुधन राईको परिवारको लागि संयुक्त आवाज परिवर्तन समाज परिवार बाट120 GSM को १८/२४ को रु ४,०००/- चार हजारको एक थान त्रिपाल प्रदान गरेको छ । अपांग बासुदेबको पारिवारिक समस्यामा केही परिवर्तन नदेखिएको र उहाहरुमा परिवर्तन गर्न सक्ने क्षमता आफैले कमजोर देखाएकोले गर्दा हामिले समाज रुपान्तरण गर्नको निमित्त भोलिको दिनमा ती बालबालिकाको उज्वल भबिस्य अन्धकार नहोस ता कि बाबू आमाको दाजोमा दाजिनु नपरोस भन्ने हेतुले २०७७ को लागि महादेबस्थान मा:बि हलेशिमा भर्खरै अध्यनरत एक छोरा र एक छोरीको लागि दुई दुई थान स्कुल ड्रेस र कापी कलमको लागि रु ६,०००/- छ हजार रुपैयाँ महेन्द्रोदय माध्यमिक बिद्यालय महादेबस्थानका प्र,अ श्री चन्द्र बहादुर राईलाई हस्तान्तरण गरिएको छ । बाबू आमाले पठन पाठनको क्रममा ध्यान दिन नसक्ने हुदा बालबालिकालाई स्कुल सम्म जान कुनै कठिनाइ नहोस आवाश्यक पर्दा स्कुलबाटै गरिदिने प्रतिबद्धताको साथ उक्त रकम प्रदान गरिएको हो ।

Translate »