info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

१६ भाद्र २०८३, मंगलवार

सं. आ. प. स. को पहलमा अति विपन्न छ परिवार साथै बाल आश्रममा राहत वितरण

सं. आ. प. स. को पहलमा अति विपन्न छ परिवार साथै बाल आश्रममा राहत वितरण

धेरै वटा सामाजिक संस्था साथै समजासेवी सामाजिक अभियन्ताहरुको नेतृत्वमा अभियान मानवको लागि मानव अभियान २०७८ ले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस COVID-19 बाट प्रभावित, हस्पिटल, सडक, दैनिकी ज्याला मजदुरी बाट परिवार जिविको पार्जन गर्ने विस्थापित, परिवारलाई मानव अभियान टिमले खाना, राहत दिने कार्य निरन्तर रहेको छ। सतकर्म कार्य प्रति जोडिनु हुने महान सहयोगी हस्ती हरु प्रति मानवको लागि मानव अभियान र संयुक्त आवाज परिवर्तन समाज परिवार बाट हार्दिक आभार व्यक्त गर्दै, आउने दिन हरुमा पनि तपाइन्हरुको साथ् सपोर्ट सहयोग सुझाब सल्लाहको अपेक्षा राख्दछौ। हामि हाम्रो टिम सदैव देश र जनताको हितमा बफादार, कटिबद्ध रही सच्चा नागरिक आवाज बुलंद गर्नेछौ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोश्रो चरणमा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन, भयाबह विषम परिस्थितिमा पनि आफ्नो स्वस्थ्यको ख्याल नगरी संयुक्त आवाज परिवर्तन समाजलाई साथ् दिनु हुने मानवको लागि मानव अभियानको संयोजक, आयोजक टिम लिला खनाल, राज क्षितिज, सरस्वति काफ्ले प्रति हार्दिक आभार व्यक्त गर्दै, देश र जनताको पक्षमा सदा कटिबद्ध रही तपाइँहरुको सच्चा नागरिक आवाज सदैव बुलंद रहोस भन्ने शुभेक्षका साथ् प्रसंनिय सामाजिक गतिविधि, मानवीय कार्य क्षेत्रमा अग्रणी योगदान सदा निरन्तर रहोस।

 

मानवको लागि मानव अभियान २०७८ को संयोजकतामा संयुक्त आवाज परिवर्तन समाजको पहलमा थासिखेल स्थित् PEACE NEPAL HOME बाल आश्रम र च्यासिङ टोल धापासीमा १८ दिनका सुत्केरी समेत रहका चार परिवार साथै देवीघाट खरिबोटमा दुइ परिवार लाई खाद्यान्न सहित नुन तेल दालको व्यवस्था गरि बाल आश्रम र अति विपन्न छ परिवारलाई आज राहत वितरण गरियो ।

राजधानीमा लगातार तीन दिनको पानी पराईले बाटो हिलाम्मे भएको कारण अतिनै कठिनाइका साथ हिलो संग पैठेजोरी खेल्दै पीडित परिवार सम्म पुग्न सफल भैयो ।

वैदेशिक रोजगारमा रहेर पनि आफ्नो देशमा भै परि आएको समस्यामा सहयोग गर्नु हुने

१) पशूपति पूष्पा थुलुङ राई
२) देउकला राई
३) भोगिन्द्र चाम्लिङ राई
४) उत्तर कुमारी राई
५,) मोहन थूलूङ राई
सहयोगी ज्युहरुमा विशेष धन्यवाद !

बृन्दा राज राई
अध्यक्ष
संयुक्त आवाज परिवर्तन समाज
परिवार

Translate »