काठ्माडाैं : सरकारले अब ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिस गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने जानकारी गराएका हुन्। यसैगरी २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरूमा भने लकडाउन गर्न सकिने उनले बताए ।
अहिले काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलालीमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।


