info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

१७ भाद्र २०८३, बुधबार

काेराेना संक्रमणबाट अाज १२ जनाकाे मृत्यु, मृतककाे संख्या २०७ पुग्याे

  1. नेपालमा कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज कोरोना संक्रमणबाट मृत्यु हुनेमा ३ महिला र ९ पुरुष गरी १२ जना रहेका छन् ।
आज पाल्पाकी ३० वर्षीया, काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया गरी ३ महिलाको मृत्यु भएको हो ।

त्यसैगरी पर्साका ४८ र ३९ वर्षीय, सिराहामा ८४ वर्षीय, गोर्खामा ३८ वर्षीय, कास्कीमा ५८ वर्षीय, काठमाडौंमा ८३ वर्षीय, ललितपुरमा ७२ र ६१ वर्षीय २ पुरुष, भक्तपुरमा ८२ वर्षीय १ पुरुष गरी जम्मा ९ पुरुष र ३ महिला गरी १२ जनाको मृत्यु भएको प्रवक्ता डा् गौतमले जानकारी दिएका छन् ।

आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.५५ प्रतिशत हो ।

Translate »