info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

१६ भाद्र २०८३, मंगलवार

सुनसरिमा भाद्र १७ गते सम्म निषेधित क्षेत्र बजार खाेल्ने बिषयमा माेडालिटि बनाईने

 

काठ्माण्डाै : प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, सङ्खुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ जनामा सङ्क्रमण े अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहबीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष, झापाको दमकमा ७ महिला ९ पुरुष, झापा गाउँपालिकामा १ महिला २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, सङ्खुवासभाको खाँदवारिमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार २ सय १६ पुगेको छ । प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ५ सय २५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Translate »