info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२४ श्रावण २०७७, शनिबार

हाम्रो बारे


संयुक्त आवाज परिवर्तन समाज

समाज एकल प्रयासमा त कदापि परिवर्तन नहुने र समाज निर्माणमा संयुक्त आवाज तथा आहवान चाहिन्छ भन्ने विश्वासमा हातेमालो गर्दै आज यो स्थानमा आउन सफल संस्था हो, संयुक्त आवाज परिवर्तन समाज, एउटै समाजमा बस्दा सबै हासी-खुसी बाँचीरहदा कसैलाई दुख र पिडामा बाच्नु पर्ने बाध्यता किन छ त?

के हामी दुखी, पीडितलाई सहयोग गर्न सक्षम छैनौ ?

उनीहरुलाई जीवनमा अघि बढ्न प्रेरित गर्न सक्दैनौ ?

हो, एक्लै केहि प्रभाव नहोला तर संयुक्त आवाजमा जुन शक्ति छ, त्यो शक्तिले उनीहरुको जीवन परिवर्तन गर्न सहयोग गर्छ। त्यो बल, त्यो आवाजको संयुक्त अवाज परिवर्तन समाज जसले नेपालभरिका दीन-दुखी, असहाय, पीडित तथा बिरामीहरुलाई सहयोग पुराउने अठोट लिएको छ।

वर्तमान अवस्थामा हेर्ने हो भने नेपाली जनसागरमा गैर लाभकारी संस्थाहरुप्रति विश्वास हराउदै गएको पाईन्छ।  सुन्नमा आएका विभिन्न ठगी प्रकरण, कुनै एक प्रकार प्रतिको पक्षपात लगायत अन्य गैरजिम्मेवारपूर्ण कार्यहरुका कारण यस्तो अविश्वासको वातावरण सिर्जना भएको पाईन्छ।

कसैको सहयोगको अपेक्षामा दान गरिएको रकम कतै भिन्न क्षेत्रमा वा आफ्नै स्वार्थमा खर्च भएको देख्दा जो कोहीको पनि विश्वास हराउन सक्छ। संयुक्त आवाज परिवर्तन समाज यस्ता संस्थाहरुको बिरोध गरी समाजमा आफ्नो कामले आफ्नो परिचय दिन लागिपरेको संस्था हो।

स्थापना कालदेखि नै यस संस्थाले सदस्यहरु मार्फत स्वइच्छा दिईएको सहयोगको माध्यमले असहाय, विभिन्न बिरामी तथा दीन-दुखिहरुको सहयोग गर्दै आएको छ। हामीले विभिन्न जनचेतनामुलक अभियानहरु पनि गर्दै आएका छौं। यसरी, समाजमा जनचेतना फैलाई, बिरामीलाई औषधी उपचारको ब्यवस्था गरी, घरेलु तथा औधोगिक तालिम प्रदान गर्दै तथा विभिन्न सिप बिकास कार्यक्रम आयोजना गरी हामीले आफ्नो तर्फबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रयासरत छौं। हाम्रो संस्थाको भावना समानतामा आधारित छ जहाँ पिछडिएको वर्ग, गरिब, दुखी, बिरामी सबले समान अवसर प्राप्त गर्दछन।

हामीलाई सोच्दा गर्व लाग्छ कि सानो सानो सहयोग जुटाएर हामीले २०-२५ लाख रकम संकलन गरेर अनेकौ क्षेत्रमा सहयोग गर्ने मौका पाएका छौं। थोपा थोपा पानीले समुद्र बन्छ भन्ने उदाहरणलाई हामीले सिरोपर गरेका छौं। विदेशी भूमिमा कतै सहयोग नपाएर वा उपचार नपाएर असहाय भई सहयोगको प्रतिक्षामा बस्नुभएका नेपालीहरुको पनि हाम्रो क्षेमता अनुशार उद्दार काृर्यमा विभिन्न संघ संस्था संग हातेमालो गरि सहयोग गरेका छौं। २१ औं शताब्दीको आधुनिक सामाजिक संजालहरुको माध्यमबाट पनि हामीले सहयोग जुटाउन कोशिस गर्दै आएका छौं। हामीले बुझेका छौं कि मानिस भएर जन्मिए पछि एक दिन संसार छोडेर जानु नै छ तर आफ्नो जीवनकालमा गरेको कार्यले आफ्नो नाम पक्कै पनि अमर बनाउनेछ।

हालको अवस्थामा हेर्ने हो भने सहोयोगको लागि संकलन गरेर चाहिएको रकम उठ्ने बेला सम्ममा बिरामीको अवस्था झन बिग्रिएको पाइन्छ जसको लागि थप उपचार खर्चको आवश्यकता पर्दछ। यस्तै हुदै गर्दा, रकम संकलनमा ढिलाईको कारण कति बिरामीलाई बचाउन असमर्थ हुने देखिएको छ। तसर्थ बिरामीको अवस्था झन-झन बिग्रनु अगावै रकम संकलन गरेर सहयोग जुटाउन सके, वास्तवमै धेरै बिरामीको ज्यान जोगाउन सक्षम हुने थियौं।

हाम्रो सेवा तथा उदेश्यहरू:


-देश-विदेशमा रहनुभएका नेपाली तथा विदेशी दाजुभाई दिदीबहिनीहरुसंग मिली सामुहिक कोष खडा गर्ने।

-सामुहिक कोषबाट प्राप्त लाभांशले दीन दुखी पीडित असाहय, अनाथ वृध्द-वृध्दाहरुलाई सहयोग गर्ने।

-शिक्षा,स्वास्थ तथा रोजगारीमा सहयोग गर्ने तथा रोजगारी सृजना गर्ने।

-सांस्कृतिक, धार्मिक तथा पर्यटकिय महत्त्वका विषयमा जनचेतना अभिवृद्ध गर्ने।

-श्रामिकका रुपमा विदेशमा गएका नेपालीहरुको हकहितको लागि हतेमालो तथा सहयोग गर्ने।

-प्राकृतिक पहिचान लोकदोहोरी, लोकबाजा, लोकगीतको संरक्षणको लागि जनचेतनामुलक कार्यक्रम गर्ने।

-कृषि, पर्यटन क्षेत्रमा जनचेतना तथा  लगानीको लागी आर्थिक सेतुको भूमिका निर्वाह गर्ने।

-रुढीवादी  सामजिक विकृति विरुद्ध जनचेतनामुलक कार्यक्रम गर्ने।

-प्राणघातक क्यान्सर तथा विभिन्न खतरनाक रोगको रोगथाम तथा निराकरणको लागि स्वास्थ सम्बन्धी विभिन्न जनचेतना मुलक सन्देश छर्ने।

-समृद्ध परिवार समाज रुपान्तरनको लागि विविन्न सिपमुलक तालिम  ब्यवस्थापन गर्दै समयको सदुपयोग गराई समृद्ध समाज बनाउने कोशिश गर्ने।

-अस्पतालको सैयामा रहेका पीडितलाई चिन्ता ग्रस्त बाट मनोबल बढाउन बाच्न सक्छु भन्ने विश्वास दिलाउन विभिन्न सिपमुलक कार्यक्रमहरु ल्याउने।

-कुनै पनि संबेदनसिल खबरहरु तथा सहयोग अपेक्षा आएमा खुल्ला सहयोग अभियान अपेक्षा गर्दै सहयोग पुर्‍याउने कोशीश गर्ने।

-आत्मिय सदभाव तथा वौद्धिक विचारका साथ् आफु पनि बाचौं अरुलाई बाच्न सिकाऔं भन्ने विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने।

-उर्जाशील, सकारात्मक जिवनशैलीको विकास साथै रोगबाट मुक्त हुने प्रेरित युक्त विभिन्न योग, ध्यान, व्यायाम तथा स्वस्थ खानपानको अभ्यास गर्ने गराउने।

Translate »